३ चैत्र
हर्षाेल्लासका साथ एक औपचारिक कार्यक्रमका विच डडेल्धुराको अमरगढी नगरपालिकाले वडा नं.१० लाई औपचारिक रुपमा देशको पहिलो पोषणमैत्री वडा घोषणा गरेको छ । अमरगढी नगरपालिका वडा नं.१०को श्री सहस्त्रलिंग माध्यामिक विद्यालयको प्रांगणमा सम्पन्न भएको भव्य कार्यक्रममा उक्त वडा लाई देशकै पहिलो पोषणमैत्री वडा घोषणा गरिएको हो ।
अमरगढी नगरपालिका वडा नं.१०का वडा अध्यक्ष खेम राज भट्टको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिँह भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ठ अतिथि तथा अतिथिका रुपमा अमरगढी नगरपालिका प्रमुख तथा उपप्रमुख, नवदुर्गाा गाँउपालिकाका उपप्रमुख, गन्यापधुरा गाँउपालिकाका उपप्रमुख, क्षेत्रिय स्वास्थ्य निर्देशनालयका प्रतिनिधि लगायत जिल्ला का सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
विभिन्न झाकि सहितको रयालीले राँई बजार परिक्रमा गरे पश्चात विद्यालय प्रांगणमा औपचारिक घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एबं अन्य अथिति ले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुकासाथै नेपालकै पहिलो पोषण मैत्री वडा घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थिहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
२०७६ साल वाट पोषणमैत्री नगरपालिका बनाउने अभियान सुरु गरेको अमरगढीले नेपाल सरकारको पोषणमैत्री पालिका सम्बन्धि निर्देशिका र कार्यविधि अनुसार ७ वटा विषयगत क्षेत्रका जम्मा ७६ वटा सुचकहरु मध्ये अधिकांस सुचकहरुमा ९० प्रतिसत भन्दा माथि र केही सुचकहरुमा १०० प्रतिसत अंक ल्याउन सफल भएकोले पोषणमैत्री वडा घोषणा गरिएको हो ।
स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा वालवालिका, कृषि, पशुपंक्षि र सासकिय प्रवन्ध का विभिन्न सुचकहरु पुरा भए नभएको भनि बिषयगत शाखा, नगरपालिका प्रमुख, दातृ निकायका प्रतिनिधिहरु बाट विभिन्न स्थलगत अनुगमन गरि प्रमाणीकरण गरे पश्चात अमरगढी नगरपालिकामा २०७९ फाल्गुन २८ गते बसेको कार्यपालिका बैठकले पोषणमैत्री वडा घोषणा गर्नको लागी स्विकृती दिएको थियो ।
You might also like