डडेल्धुराको अमरगढीमा देशकै पहिलो पोषण मैत्री वडा घोषणा हुदै

२ चैत्र
देशमै पहिलो पटक डडेल्धुराको अमरगढी नगरपालिकाले भोली एक कार्यक्रमका बिच आफनो १० नं. वडालाई पोषण मैत्री वडा घोषणा गर्दैछ ।
आज अमरगढी नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख गगन सिँह भण्डारीको प्रमुख आतिथ्यतामा पोषणमैत्री वडा घोषणा हुन लागेको बताएको छ । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, युनिसेफ तथा युरोपियन युनियनका प्रतिनिधिहरुका साथै बिकासे साझेदारका प्रतिनिधिहरु अतिथिका रुपमा सहभागी हुनेछन् ।
२०७६ साल वाट पोषणमैत्री नगरपालिका बनाउने अभियान सुरु गरेको अमरगढीले नेपाल सरकारको पोषणमैत्री पालिका सम्बन्धि निर्देशिका र कार्यविधि अनुसार ७ वटा विषयगत क्षेत्रका जम्मा ७६ वटा सुचकहरु मध्ये अधिकांस सुचकहरुमा ९० प्रतिसत भन्दा माथि र केही सुचकहरुमा १०० प्रतिसत अंक ल्याउन सफल भएकोले पोषणमैत्री वडा घोषणा गरिन लागेको हो ।
स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा वालवालिका, कृषि, पशुपंक्षि र सासकिय प्रवन्ध का विभिन्न सुचकहरु पुरा भए नभएको भनि बिषयगत शाखा, नगरपालिका प्रमुख, दातृ निकायका प्रतिनिधिहरु बाट विभिन्न स्थलगत अनुगमन गरि प्रमाणीकरण गरे पश्चात अमरगढी नगरपालिकामा २०७९ फाल्गुन २८ गते बसेको कार्यपालिका बैठकले पोषणमैत्री वडा घोषणा गर्नको लागी स्विकृती दिएको हो ।
आज सम्पन्न पत्रकार सम्मेलनमा अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले आभियानको प्राविधिक पक्षमा प्रकास पार्नु भएको थियो भने वडा नं. १० का अध्यक्ष खेम राज भ्ट्ले कार्यक्रमको तयारीको बारेमा जानकारी दिनुभएको थियो ।
अमरगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद तथा उपाध्याय एबं नगर प्रमुख डिल्लिराज जोशीले दिगोपनाको लागी सबैले सोच्नुपर्ने भन्दै भोलीको कार्यक्रममा उपस्थित भैदिन सबै लाई निमन्त्रणा दिनुभएको थियो

You might also like
Leave A Reply

Your email address will not be published.