१ चैत्र
कैलाली को गौरिगंगा नगरपालिका वडा नं.४का ३७ बर्षिय देव राज पाध्याय ले आज डडेल्धुराको सदरमुकाम बागबजार बाट ७७ जिल्लाको पैदल यात्रा सुरु गरेका छन् । सुदरपश्चिमको धार्मिक तथा पर्यटकिय गन्तव्यहरुको उचित प्रचार प्रसार हुन नसकेको र यस क्षेत्रको पर्यटकिय गन्तव्यहरुमा सरकारको ध्यान पुग्न नसकेको भन्दै सुदुरपश्चिमका पर्यटकिय गन्तव्यहरुको तस्विरहरु समेटेको व्यानर सहित पैदलयात्रा सुरु गरेका हुन ।
पैदलयात्रा बाट ७७ ओटै जिल्ला घुमिसकेपछी काठमाण्डौ मा पर्यटन मन्त्रि लाई भेटी एक पटक सुदुरपश्चिमका धार्मिक तथा पर्यटकिय गन्तव्यहरुको भ्रमण गर्नका लागी अनुरोध गर्ने तथा सुदुरपश्चिमका पर्यटकिय गन्तव्यहरुको विकासको लागी पहल गरिदिन अनुरोध गर्ने पैदलयात्री देवराज ले बताए ।
आफनो यात्रा १० महिना देखी १ बर्ष सम्मको हुने अनुमान गरेका पैदलयात्री देवराजले यो यात्राको लागी गौरिगंगा नगरपालिकाले केही रकम सहयोग गर्ने बचन दिएको र बाकी आफनै खर्च तथा यात्राका क्रममा भेटिने शुभचिन्तकहरुको सहयोग लिने योजना रहेको बताए ।
आफनो पैदलयात्राको पहिलो रुट डडेल्धुरा बाट बैतडी, दार्चुला, बझांग, अछाम, बाजुरा हुदै हुम्ला हुदै मध्यपहाडी जिल्ला झर्ने र अन्तिममा पुर्वि तराई बाट सुरु गरि सुदुरपश्चिमको कञ्चनपुरमा आफनो यात्राको समापन गर्ने योजना रहेको पैदलयात्री देवराज ले बताए ।
गत बर्ष चैत्रमा काधमा हलो र जुवा बोकी आगामी निर्वाचनमा हाम्रा लाई होईन राम्रा लाई मतदान गर्न अनुरोध गर्दै २८ दिनमा मेची महाकाली यात्रा सम्पन्न गरेका यात्री देवराज उक्त यात्राको अनुभवले आफुलाई हौसला दिएको बताए ।
डडेल्धुरा सदरमुकाम बागबजार बाट युवा समाजसेवी सुरत तमोली र सञ्चारकर्मिहरुले खादा लगाएर सफल यात्राको शुभकामना सहित विदाई गरेका थिए ।
You might also like