२७ फाल्गुन
डडेल्धुराको अमरगढी नगरपालिकालाई आगो नियन्त्रण र खोज तथा उद्दारका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ । नगरपालिकालाई २७ प्रकारका आगो नियन्त्रण का लागी आवशयक पर्ने सामाग्रीहरु तथा वडा नं. ५ र ७ लाई खोज तथा उद्दारमा आवश्यक पर्ने ४५ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
यु.एन.डि.पीे संगको साझेदारीमा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक द्धारा अमरगढी नगरपालिकाको वडा नं. ५ र ७ मा सञ्चालन भई रहेको सुपर परियोजना अन्तर्गत २९ लाख ७५ हजार रुपियााँ बराबर पर्ने आगो नियन्त्रक र खोज तथा उद्दारका सामाग्री उपलब्ध गराएको हो ।
अमरगढी नगरपालिका लाई १७ लाख ७५ हजार बरावरको आगो नियन्त्रणका लागि आवश्यक पर्ने विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको युएनडिपि सुदूरपश्चिम संयोजक प्रगती भट्टराईले बताए । युएनडिपीका अनुसार अमरगढी नगरपालिको वडा नं.५ र ७ लाई १२ लाख बरावरको खोज तथा उद्धारका सामाग्री हरु हस्तान्तरण गरिएको हो ।
सुपर परियोजनाले दुई वटै वडामा ४०० को हाराहारीमा स्वयम् सेवक समेत तयार गरेको छ । समुदायका युवाहरु लाई प्राथमिक उपचार, खोज तथा उद्दारको तालिम सञ्चालन गरि स्वयम् सेवकहरु बनाएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साउदले बताए । भूकम्पिय जोखिम, व्यवस्थापन, आगो नियन्त्रण, विपद जोखिम र व्यवस्थापन बारे समुदायमा समेत परियोजनाले सचेतनाका कार्यक्रमहरु गर्दै उनले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा युएनडिपि प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, अमरगढी नगरपालिका प्रतिनिधि लगायतको उपस्थिती थियो ।
स्थानीय तह, गैर सरकारी संस्था लगायत जिल्ला विपद व्यवस्थापन समिति संग भएका विपद व्यवस्थापन सामाग्रीहरुको लेखाजोखा राखी तयारी अवस्थामा रहनु पर्ने प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समिति संयोजक विश्वराज न्यौपानेले बताए