डडेल्धुरामा पनि मनाईयो ११३ औँ अन्तराष्ट्रिय महिला दिवस

२४ फाल्गुन

लैँगिक समानताको वलियो आधार ! श्रृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार !! भन्ने नाराका साथ ११३ औँ अन्तराष्ट्रिय महिला दिवस आज एक कार्यक्रमका साथ डडेल्धुरामा पनि मनाईयो ।

डडेल्धुराको सदरमुकाम स्थित बागवजार बाट विभिन्न नाराका साथ प्रभातफेरी कार्यक्रम पश्चात अमरगढी नगरपालिकाको सभा कक्ष मा औपचारिक कार्यक्रमका साथ अन्तराष्ट्रिय महिला दिवस मनाईएको हो ।

प्रभातफेरी कार्यक्रममा डडेल्धुरा स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानिय सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मि, उद्योग बाण्ज्यि संघ प्रतिनिधि, महिला उद्यमि संघ, सञ्चारकर्मिहरु सहभागी भएका थिए ।

औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगन सिँह भण्डारी, प्रमुख जिल्ला अधिकारी ,विश्व नाथ न्यौपाने, प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्ट लगायत विभिन्न कार्यलय तथा निकायका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थिती भएका थिए ।

कार्यक्रमका सहभागी हरु लाई अमरगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद उपाध्यायले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले अन्तराष्ट्रिय महिला दिवशको शुभकामना व्यक्त गर्दै महिलाहरुको समान पहुच वढाउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमकै दौरान ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक द्धारा संञ्चालित सुपर परियोजना मार्फत तालिम प्राप्त स्वयम सेवकहरुले भान्सामा हुने आगलागी बाट बच्ने उपायको बारेमा प्रदर्शनी गरेका थिए । कार्यक्रमका एक सहभागी एकिकृत विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक पद्मा गुरुंगले अझै पनि धेरै महिलाहरु पहुच भन्दा बाहिर रहेकोले स्थानिय सरकार र जनप्रतिनिधिहरुले नेतृत्व लिएर उहाँहरुको सहभागीता सुनिश्चित गर्नु पर्ने बताउनु भयो ।

You might also like