विवादित शिवशिखर सहकारी लाई लयमा फर्काउने प्रयास जारी

२२ फालगुन

आफनो सहकारीमा सदश्यहरुले गरेको बचत रकम फिर्ता गर्न नसके पछि पछिल्लो समय विवादमा आएको शिवशिखर बहुउदेश्यिय सहकारी लिमिटेड डडेल्धुरा शाखा लाई लयमा फर्काउने प्रयास थालिएको छ । 

मध्यपुर ठिमी, भक्तपुरमा केन्द्रिय कार्यालय रही देशभरमा ३६ शाखा बाट आफनो सेवा प्रदान गरिरहेको शिवशिखर सहकारीको बुटवल स्थित शाखाले निक्षेप रकम फिर्ता गर्न नसकेको आशय सहित समाचार प्रकासन भए पछि देशभरीको शाखामा एकै पटक निक्षेप रकम फिर्ता माग्नेहरु आउन थाले र जसको कारण सहकारीमा समस्या देखिएको शिवशिखरका संञ्चालकको दावी छ ।

आफुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरु शिवशिखर सहकारी लिमिटेड डडेल्धुराको तुफानडाँडा स्थित कार्यालयमा घेराउ गर्न थाले पछि पछिल्लो केही दिन यता सहकारीको कार्यालय समेत बन्द रहेको छ ।

शिवशिखर बहुउद्देश्यिय सहकारीमा बचत गरेका बचतकर्ताहरुको बचत लाई सुरक्षित गर्न  तथा बचत फिर्ताको लागी हिजो फाल्गुन २१ गते आईतवार अमरगढी नगरपालिका वडा नं=५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्रीको रोहवरमा द्धिपक्षिय वार्ता गरि ९ बुदे सहमतिपत्रमा हस्ताक्षर गरिएको सहकारीले आज विहान पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

आगामी चैत्र १ गते देखि सहकारी लाई नियमित रुपमा संञ्चालन गर्ने तथा स–साना बचत हरु फिर्ता गर्दै लैजाने, २०७९ चैत्र देखि २०८० असार सम्म हरेक महिना ४ करोडका दरले मुद्दति बचत फिर्ता गर्दै जाने, बाँकि रहेको नियमित बचत तथा मुद्दती बचत २०८१ असार मसान्त सम्म भुक्तानि गर्ने जस्ता बुदाहरुमा सहमति गरिएको छ ।

मासिक ४ करोड तिर्न सक्ने आधार के < भन्ने प्रश्नको जवाफमा सहकारीका विपद व्यवस्थापन समितिका संयोजक तथा वार्ताका लागी सहकारीका प्रतिनिधि भोज राज पौडेलले बचतकर्ताहरुको बचत फिर्ता गर्नको लागी शहकारीले बैकल्पिक व्यवस्था गरिरहेकोले बचतकर्ताहरु लाई ढुक्क हुनको लागी अनुरोध गर्नु भयो ।

शिवशिखर बहुउदेश्यिय सहकारी लिमिटेडको डडेल्धुरा शाखामा मात्र ४० करोड भन्दा बढी निक्षेप संकलन गरिएको छ भने सहकारी ले डडेल्धुरा जिल्लामा करिव २ करोडको हाराहारीमा ऋण लगानी गरेको देखिन्छ । 

You might also like