जंगली बँदेलको आक्रमणबाट डडेल्धुरामा एकजनाको ज्यान गयो

२१ फाल्गुन
जंगली बँदेलको आक्रमणबाट डडेल्धुरामा एकजनाको ज्यान गएको छ। आइतबार बिहान जंगलबाट गाउँ पसेको जंगली बँदेल ले आक्रमण गरेर अमरगढि०३ तल्लिपिड गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा का प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले बताए। पल्ले घर बाट वारि तर्फ जादै गर्दा घटना भएको अमरगढी नगरपालिका वडा नं.३ का वडा अध्यक्ष तिर्थ बहादुर ऐर ले बताए।
घटना पश्चात पल्ले लाई उपचारका लागी डडेल्धुरा अस्पताल पुगाउने क्रममा बुबाको बाटोमा नै निधन भएको उनको छोरा ले बताए । पल्लेको शव पोस्टमार्टमको लागी डडेल्धुरा अस्पतालमा राखिएको छ । डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा पछिल्लो समय जंगली जनावरको कारण कृषिमा क्षती पुगेको गुनासो आईरहेको बेला ज्यानै जाने गरि हुने जंगली जनावरको आक्रमणको कारण जनजिवन त्रसित हुनलागेको छ ।

You might also like