१७ फाल्गुन
डडेल्धुरा स्थित डडेल्धुरा बहुमुखी क्याम्पसका नव आगन्तुक विद्यार्थिहरु लाई नेपाल विद्यार्थि संघ डडेल्धुरा बहुमुखी इकाई कमिटिले एक कार्यक्रमका विच स्वागत गरेको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्नातकतह र स्नातकोत्तर तहका प्रथम बर्षका विद्यार्थिहरु लाई स्वागत गरिएको हो । उक्त स्वागत कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम तथा बक्तित्वकला प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।
इकाई कमिटिका कार्यवाहक सभापति अरुण पन्तको को अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रममा क्याम्पस प्रमुख गंगा उप्रेती प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने क्याम्पसका स्वियु सभापति जगत ऐर तथा नेपाल विद्यार्थि संघ डडेल्धुराका अध्यक्ष पवन ऐर लगायत अनय व्यक्तितव हरु अतिथिको रुप उपस्थिती रहेको थियो ।
कार्यक्रममा डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थि युनियनका अध्यक्ष जगत बहादुर ऐर ले पछिल्लो समय क्याम्पस मा विभिन्न कार्य सम्पन्न भएको बताए भने नेपाल विद्यार्थि संघ डडेल्धुराका अध्यक्ष्य पवन ऐरले विद्यार्थिहररु लाई डडेल्धुरा बहुमुखी क्याम्पसमा हार्दिक स्वागत छ भन्दै विद्यार्थि हरुले आफनो १२ बर्ष सम्मको कठोर परिश्रम पश्चात स्नातकतहको ढोका खुल्न सफल भएको स्मरण गर्न अनुरोध गर्दै आगामी दिन अझै सफल होस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
You might also like