
१७ फाल्गुन
ईन्टरनेट प्रदायक कम्पनि भायानेट कम्युनिकेशन लिमिटेड र झिल्को न्युज डट कम विच साझेदारीका लागी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पछिल्लो समय भायानेट कम्युनिकेसन ले आफनो सेवा विस्तारका लागी प्रचारप्रसार तथा आफनो उत्पादनको प्रवद्र्धनका लागी विभिन्न माध्यमहरुको प्रयोग गरिरहेको छ । सम्झौता बमोजिम भायानेट कम्युनिकेशन ले झिल्को न्युज डट कम लाई असि हजार बरावरको ईन्टरनेट निशुल्क प्रयोग गर्न दिनेछ भने झिल्को न्युज डट कम ले भायानेटको बजार प्रवद्र्धनका लागी प्रचार प्रसार तथा कम्पनिको तर्फ बाट जारि हुने विज्ञप्ती तथा सुचनाहरुलाई प्रकाशन गर्नु पर्नेछ ।
सम्झौतामा भायानेट कम्युनिकेशनको तर्फ बाट डडेल्धुरा शाखा का प्रवन्धक सजन सिँह ठकुरी तथा झिल्को न्युज डट कमको तर्फ बाट कार्यकारि सम्पादनक गणेश बहादुर मगरले हस्ताक्षर गरेका थिए । भायानेट कम्युनिकेशनको बजार प्रवद्र्धनका लागी पछिल्लो समय को निकै चर्चित टिकटक स्टार मिस पवि संग पनि यस अघि नै सम्झौता भई सकेको छ ।