बैँक तथा वित्तिय संस्था विरुद्ध आन्दोलन गदै डडेल्धुराका उद्योग व्यवसायीहरु

१६ फाल्गुन

बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी, व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा डडेल्धुरा उद्योग वाणिज्य संघको आह्वानमा आज पहिलो दिन व्यवासायीहरुले बजार बन्द गरेका हुन ।

डडेल्धुरा उद्योग बाणिज्य संघका  अनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, १७ गते बैंकमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको छ । लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेपछि बजार नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उद्योग बाण्ज्यि संघका बाणिज्य उपाध्यक्ष खेम राज अवस्थिले बताउनु भयो । चरणबद्ध आन्दोलनबाट पनि समस्याको समाधान नभए थप आन्दोलनका कार्यक्रम सहित अगाडि आउने बताएइको छ । डडेल्धुरा उद्योग बाणिज्य संघले प्रेस विज्ञप्ती निकाल्दै आन्दोलनको कार्यक्रम अगाढी बढाउने जनाएको छ यसका साथै डडेल्धुराको शिवशिखर सहकारीले संकलन गरेको निक्षेप नियमअनुसार फिर्ता गर्न र लघुवित्त संस्थाको अनुगमन गर्न पनि माग गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.