३ जिल्लाका २९ बिद्यालयमा झोला वितरण कार्यक्रम सम्पन्न

१५ फाल्गुन

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्लाका २९ वटा आधारभुत र माध्यमिक बिद्यालयहरुका विद्यार्थिहरुलाई शैक्षिक र स्वास्थ्य सामाग्री सहितको झोला वितरण कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक र चाईना फाउन्डेसन विचको साझेदारीमा संचालित पाण्डा प्याक परियोजना अन्तर्गत डडेल्धुरा जिल्लाका अमरगढी र परशुराम नगरपालिकाका १४ सामुदायीक बिद्यालयका २२९९, कैलाली जिल्लाको धनगढी उप महानगरपालीकाका का ८ बिद्यालयका २२४६ र कञ्चनपुर जिल्लाका कृष्णपुर र बेल्डाडी नगरपालीकाका ७ वटा बिद्यालयका १४५५ गरी जम्मा २९ सामुदायीक विद्यालयका ६००० विद्यार्थिहरुलाई झोला वितरण गरिएको हो ।
वालकक्षा देखी कक्षा ८ सम्म अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षीक तथा स्वास्थ्य सामग्रीहरु भएको झोला बिभिन्न जिल्लामा रहेका बिद्यालयहरुमा छुट्टा छुट्टै कार्यक्रमहरु विच हस्तान्तरण सम्पन्न गरीएको हो ।
सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्रि प्रकास देउवा, प्रदेशसभा सदश्य सरस्वती खड्का, अमरगढी नगरपालीका नगर प्रमुख डिल्ली राजजोशी, परशुराम नगरपालीका नगर प्रमुख भरत वडायर जोशी ज्यु लगायतका व्यक्तिहरुको प्रमुख आतित्यथामा हस्तान्तरण सम्पन्न गरीएको हो ।
शिक्षाको गुणस्तर सुधार भए देशमा दक्ष जनशक्तिको उत्पादन हुन्छ र यस कार्यमा हामी सबैले जुटेर कामगर्नु पर्ने र राज्यले पनि शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्नुपर्ने कुरा यस कार्यका लागी चाईना फाउन्डेसन संग समन्वय र सहकार्य गर्नुहुने रुडुकका संस्थापक अध्यक्ष डा.आरजु राणा देउवा ज्युले जानकारी दिनुभयोे ।
बिद्यालयमा अध्ययनरत वालवालीकाको शैक्षिक र स्वास्थ्य सुधारमा टेवा पुग्ने र सामुदायीक बिद्यालयहरुको शिक्षण सिकाई क्रियाकलापहरुमा टेवा पुगाउने उद्देश्यले यि झोला वितरण गरिएको कुरा चाईना फाउन्डेसनका प्रतिनिधि सुरेश प्याकुरेलले वताउनुभयो ।
वितरण गरिएको झोलामा बिद्यालयमा अध्ययनरत विद्यार्थिहरु लाई पठन पाठनका लागी आवश्यक शैक्षिक सामग्रीहरु, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइका सामग्रीहरु र दिवा खाजाका लागी आवश्यक सहयोगी सामग्रीहरु गरी कुल २० वटा सामग्रीहरुको प्याकेज रहेको रुडुक डडेल्धुरा कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.