१४ फाल्गुन
डडेल्धुराको सदरमुकाम स्थित टुडिखेलमा फाल्गुन ४ गते देखी संञ्चालन भएको सुदुरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन,कला संस्कृति खेलकुद तथा औधोगिक व्यापार मेला एबँ पाँचौ डडेल्धुरा महोत्सवमा रहेको महिला उद्यमी संघ डडेल्धुराको तर्फ बाट राखिएको अर्गानिक तथा डोटेली खानाको स्टल महोत्सवको आकर्षकको रुपमा रहेको थियो ।
डोटेली खानाको स्टलमा डडेल्धुराको रैथाने खानाहरुको प्रचारप्रसार तथा प्रर्वद्धनका लागी महिला उद्यमि संघ डडेल्धुराले स्थानिय परिकारको स्टल राखेका थिए ।
महिला उद्यमि संघ मा आवद्ध सदश्यहरु मध्ये हरेक दिन ४ जनाको पालो मिलाई स्टल सञ्चालन गरिएको संघका अध्यक्ष पार्वति देउवाले वताउनु भयो ।
रैथाने खानाहरुको प्रवद्र्धनका लागी स्टल राख्न घरेलु विकास कार्यालय डडेल्धुरा तथा अमरगढी नगरपालिकाले स्टल व्यवस्थापनको लागी सहयोग गरेको थियो भने अन्य व्यवस्थापन महिला उद्यमि संघ डडेल्धुराले गरेको थियो ।
स्टल मा चामलको माणा, कोदोको सेलरोटी, हरियो साग, चुकको अचार, तिलको बुक्का, दही र मोही सहितको खाजा सेट विक्रि गरिएको थियो ।
संघ द्धारा संञ्चालन गरेको डोटेली खानाको स्टलमा कार्यक्रमका प्रमुख अतिथि एबं प्रतिनिधिसभा सदश्य डा.आरजु देउवा राणा लगायतका अधिकांस अतिथि एबं अतिथि कलाकारहरुको साथै मेलाका अन्य दर्शकहरुले भ्रमण गरि डोटेली स्वाद लिएका थिए ।
पाँचौँ डडेल्धुरा महोत्सवको अवसर पारि महिला उद्यमि संघ ले तयार पारेको अचारहरु पनि विक्रिमा राखिएको बताउदै यो महोत्सवमा डोटेली खाना बेचेर नाफा कमाउनु भन्दा पनि डोटेली खानाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नु मुख्य उदेश्य रहेको महिला उद्यमी संघ डडेल्धुरा ले बताएको छ । संघका पदाधिकारीहरु महोत्सव अवधिमा धेरैले चासोका साथ स्टल भ्रमण गर्नुभएकोमा आफ्नो टिम निकै उत्साहित भएको बताए ।