१४ फाल्गुन
डडेल्धुराको सदरमुकामा बाग बजार बाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद विक्रि गर्न लागेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुई जना लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा सुदुरपश्चिम प्रदेश अनुसन्धान व्युरो बाट खटिईएको प्रहरीको टोली ले बाजुरा जिल्ला बुढिगंगा नगरपालिका १० स्थाई ठेगाना भई बाजुरा सदरमुकाममा मोटर ग्यारेज संञ्चालन गरिरहेका २६ बर्षिय राजेन्द्र जैशी र बाजुरा जिल्ला खप्तड छेडेदह गाँउपालिका वडा नं.७ ओलीगाँउ स्थाई ठेगाना भई बाजुरा सदरमुकाममा सितल मदिरा स्टोर संञ्चालन गरिरहेका २७ बर्षिय बिर बहादुर ओली लाई अवैध ओखेटोपहार संगै हिजो शनिवार राति अन्दाजी १२ः३० बजे तिर पक्राउ गरेको हो ।
पक्राउ परेका दुई जना बाट बरामद गरेको झोलामा टाउको जस्तो देखिने अस्तिपञ्जर, मेरुदण्ड, नलिहड्डी जस्ता देखिने ९६ थान हड्डि बरामद गरिएको छ, बरामत गरिएको हड्डि को तौल ४ किलो ०५ ग्राम रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
आज आईतवार विहान गरिएको पत्रकार सम्मेलन मार्फत बरामद गरिएको हड्डि र आरोपितहरु लाई सार्वजनिक गरिएको छ ।
आरोपित हरुलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख मनोहर प्रसाद भट्टले बताउनु भयो ।