
१४ फाल्गुन
डडेल्धुरामा फाल्गुन ४ गते देखी १४ गते सम्म संञ्चालन भएको सुदुरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन,कला संस्कृति खेलकुद तथा औधोगिक व्यापार मेला एबँ पाँचौ डडेल्धुरा महोत्सवमा रहेको कृषि मेला प्रदर्शनी तथा माटो परिक्षण सेवा शिविर मा विभिन्न विद्यामा प्रतिस्पर्धामा रहेका किसानहरु लाई एक कार्यक्रमका विच पुरस्कृत गरिएको छ ।
सुदुरपश्चिम कृषि विकास निर्देशनालय, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र डडेल्धुरा र तरकारी जर्मप्लाज्म सम्वद्र्धन तथा बिउ उत्पादन केन्द्र डडेल्धुराले संयुक्त रुपमा आयोजना गरेको कृषि उपज प्रदर्शनीका उत्कृष्ठ ३२ जना कृषकहरु लाई पुरस्कृत गरिएको हो ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख राम चन्द्र भट्ट को अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व राज न्यौपाने प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना प्रमुख, जिल्ला भेटेनरी तथा पशुविज्ञ केन्द्र, राष्ट्रिय कृषक समुह महासंघ का प्रमुख हरु अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो ।
प्रतिस्पर्धामा सहभागी किसान लक्ष्मि भट्टले किसानको मुल्यांकन गरेकोमा आयोजक लाई धन्यवाद दिदै उत्पादक र उपभोक्ताको विचमा विचौलियाले अधिक फाईदा लिने गरेकोमा स्थानिय सरकार र प्रशासन सहित सरोकारवालाले किसानको उत्पादनको उचित मुल्यका लागी पहल गरिदिन अनुरोध गर्नभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारि विश्व नाथ न्यौपाने ले महोत्सवको सबै पक्ष आकर्षक भए पनि आफुले हेरेको स्टल मध्ये कृषि प्रदर्शनीको स्टल उत्कृष्ठ भएको बताउनु भयो ।