८ फाल्गुन
७३ औँ प्रजातन्त्र दिवशको अवसर पारि नेपाल विद्यार्थि संघ डडेल्धुराले डडेल्धुरा अस्पताल डडेल्धुरामा रहेका विरामीहरु लाई फलफुल वितरण गरेको छ । डडेल्धुरा अस्पताल व्यवस्थापन समिति करुणाकर ओझाको उपस्थितीमा अस्पतालको आकस्मिक कक्ष, वार्डमा रहेका विरामी तथा पोषण पुनस्र्थापना केन्द्रमा रहेका विरामीहरु लाई फलफुल वितरण गरिएको नेपाल विद्यार्थि संघ डडेल्धुराका पवन ऐरले बताए ।
ऐरका अनुसार अस्पतालका करिव ६५ जना विरामी र १० जना कुरुवा सहित जम्मा ७५ जनालाई फलफुल वितरण गरिएको थियो ।
प्रजातन्त्र प्राप्तका लागी योगदान गर्नुहुनेहरुको सम्मानका लागी साथसाथै अन्य युवाहर लाई पनि समाजसेवामा लाग्न उत्प्ररणा गर्ने उद्देश्यले फलफुल वितरण कार्यक्रम आयोजना गरेको बताउने नेपाल विद्यार्थि संघ डडेल्धुराले पछिल्लो समय डडेल्धुराका विभिन्न विद्यालय तथा कलेजहरुमा लागु औषध दुव्यर्सनका विरुद्ध तथा अनलाइर्न दुरुपयोग विरुद्धको अभियान चलाईरहेकोछ भने निकट भविश्यमा नै बृहत रक्तदानको कार्यक्रम संञ्चालन गर्ने नेपाल विद्यार्थि संघ डडेल्धुराका अध्यक्ष पवन ऐर ले बताए ।