
५ फाल्गुन
डडेल्धुरा सदरमुकाम स्थित टुडिखेलमा रहेको शिवालय मन्दिरमा आज लाग्ने शिवरात्री मेलाको पुर्ण तयारी सम्पन्न भएको छ । अमरगढी नगरपालिका वडा नं.१ को सशस्त्रलिंग मन्दिर र वडा नं.४ मा रहेको शिवालय सहित डडेल्धुराको विभिन्न स्थानहरुमा आज शिवरात्री मनाईने गरेको छ ।
शिबालय क्षेत्र बिकास समीती अमरगढी ४ डडेल्धुराले शिवरात्री लाई व्यवस्थित गर्नको लागी शिवालयको सरसफाई तथा श्रृंगारपटार कार्यक्रम लगायत खानेपानी तथा प्रसादहरु वितरणका लागी सम्पूर्ण तयारी भएको समितिका सचिव जय राज पनेरुले बताउनु भयो । शिवालयमा लाग्ने शिवरात्री मेला लाई भव्य र सभ्य तवर ले सम्पन्न गर्न विभिन्न व्यक्ति तथा समुह बाट चन्दा संकलन गरिएको समिति ले बताएको छ ।
शिवालयमा उपस्थित हुने भक्तजन का लागी चियापान गराउन का निम्ती अमरगढी नगरपालिका वडा नं.४ का स्थायि ठेगाना भई हाल जापान बस्ने युवा समाज सेवी विनय प्रकाश मल्लले रु ११,११९। सहयोग गर्नु भएको छ । युवा समाजसेवी ले पठाउनु भएको सहयोग स्थानिय नरेन्द्र कठायतले समितिका अध्यक्ष गोरख बोगटी र सचिव जयराज पनेरु लाई हस्तान्तरण गर्नुभएको हो । समितिका अध्यक्ष गोरख बोगटीले सहयोगको लागी आभार व्यक्त गर्दै परदेश बाट आफनो जन्मभुमी लाई सम्झिनुभएकोमा धन्यवाद व्यक्त गर्नु भयो।