राजनितिमा महिलाहरुको अर्थपूर्ण सहभागीताका लागी राजनैतिक दलहरु संग छलफल कार्यक्रम सम्पन्न

३ फाल्गुन
राजनैतिक दलहरुका प्रतिनिधिहरु संग डडेल्धुराको सदरमुकाममा आज एक कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुरा को आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा डडेल्धुरा स्थित राजनैतिक दलका प्रतिनिधिहरु विच राजनितिमा महिलाहरुको अर्थपूर्ण सहभागितको विषयमा छलफल गरिएको थियो ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कोषाध्यक्ष लक्ष्मि खर्कवालको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशसभाका सदश्य सरस्वती खड्का रहनुभएको थियो भने विशिष्ष्ठ अतिथिमा डडेल्धुराका सातवटै पालिकाका को तर्फ वाट उपस्थित नरप्रमुख, नगर उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरु रहनु भएको थियो भने विभिन्न राजनैतिक दलका महिला प्रतिनिधि हरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।


ग्रामिण महिला विकास तथा एकता केन्द्र डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साँउदले संञ्चालन गर्नु भएको उक्त अन्तरक्रिया कार्यक्रम नेपालको राजनितीमा महिलाहरुको अर्थपूर्ण सहभागीता (टि.डब्लु.एल.एन) परियोजना अन्तर्गत आयोजना गरिएको थियो ।
जनप्रतिनिधिहरुको अर्थपुर्ण सहभागिता शुनिश्चित गर्ने तथा अर्थपूर्ण सहभागीताको लागी सहयोग गर्ने उद्देश्यका साथ अक्सफाम नेपालको सहयोगमा (टि.डब्लु.एल.एन) परियोजना डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाँउपालिकामा संञ्चालन भईरहेको छ ।
डडेल्धुराका सात वटा पालिका तथा, जिल्ला समन्वय समिति का प्रतिनिधि, राजनैतिकदलका प्रतिनिधिहरु, महिला नेतृत्व मञ्च, युवा महिला नेतृत्व मञ्चका प्रतिनिधिहरु गरि जम्मा ४४ जना सहभागीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदश्य सरस्वती खड्का ले “अव विकासको विषयमा सामुहिक छलफल गर्नु पर्ने आवश्यकता आईसकेकोले सकारात्मक सोचले जिल्लाको समग्र विकासको लागी यो वा त्यो पार्टि नभनि सामुहिक रुपमा सहकार्य गर्दै अगाडी वढ्नुपर्ने” बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.