परशुराम नगरपालिका द्वारा निःसुल्क स्वास्थ्य सिबिर आयोजना हुदै

पदम जोरा,
३ फाल्गुन
डडेल्धुराको परशुराम नगरपालिका ले सर्वसाधारण नागरिक सम्म स्वास्थ्य सेवा को पहुँच बढाउने उदेश्यका साथ निःशुल्क स्वास्थ्य सिबिर आयोजना गर्न लागिरहेको छ । ।
ग्रामिण तथा दुर्गम बस्तीका नागरिकहरुको स्वास्थ्य सेवामा सहज पुहच पुगाउने गरि सिबीर सञ्चालन गर्न लागेको नगर–प्रमुख भरत वडायर जोशीले जानकारी दिनु भयो ।
नगपालिकाको आर्थिक वर्ष ०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम वाट सिबीर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख तेजवहादुर सिंहले जानकारी दिए ।
परशुराम नगरपालिकाका वडा नं. १,२,३,७,८,९,१० र ११ को लेकाली अर्थात पहाडी भु–भागका दुर्गम वस्तीमा नागरिकको स्वास्थ्य सेवामा सहज पहुच पुगाई स्वास्थ्य सेवा दिने गरि फागुन ४ गते देखी निःसुल्क स्वास्थ्य सिबीर सञ्चालन हुने स्वास्थ्य साखा उप–संयोजक हिक्मत वहादुर धामीले जानकारी दिए ।
उक्त निःशुल्क स्वास्थ्य सिबिर फागुन ४ गते वडा नंं. २ को वसौटी र फागुन ५ गते वडा नं. ११ को सिमलबण्डमा सञ्चालन हुने उप–संयोजक धामीले वताए ।
निःशुल्क स्वास्थ्य सिबिरमा स्वास्थ्य चेकजाँच, गर्भवती महिलाहरुका लागि अल्ट्रासाउण्डसेवा, प्रजनन स्वास्थ्य सेवा तथा एचआईभि परिक्षण, परिवार नियोजन (इम्पलान्ट) सेवा र परामर्ष सेवा दिईनेछ ।
नगरपालिका तथा गेटा आँखा अस्पतालको आयोजनामा गत माघ २२ र २३ गते २ दिने निःशुल्क आखाँ जाँच सिबिर सञ्चालन गरेको थियो ।
उक्त सिबिरमा परशुराम र आलितालमा गरि करिब ६सय ५१ जना नागरिकले सेवा लिएका थिए ।

You might also like