परशुरामका दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

२९ माघ
डडेल्धुराको परशुराम नगरपालिका को दुई वटा विद्यालयमा विद्यार्थिहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं.७ र ८ का दुई विद्यालयमा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक र चाईना फाउन्डेसनको साझेदारी तथा परशुराम नगरपालिका संगको समन्वयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
परशुराम नगरपालिका वडा नं. ७ को सिद्धनाथ आधारभुत विद्यालय लालपुर र वडा नं.८ को सरस्वती आधारभुत विद्यालय गुप्तिगडामा का जम्मा १४९ छात्र र १४२ गरि जम्मा २९१ जना विद्यार्थिहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वितरण गरिएको शैक्षिक सामाग्री अन्तर्गत विद्यालय झोलामा २० वटा शैक्षिक तथा स्वास्थ्य सामाग्री रहेको ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कार्यक्रम संयोजक खगेन्द्र भट्टराई ले जानकारी दिनुभयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा परशुराम नगरपालिका का प्रमुख भरत बडायर जोशी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला समन्वय समिति डडेल्धुराका सदस्य लिला धामी र वडा नं.८ का वडा अध्यक्ष दिनेश जोशी विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वडा नं.७ को सिद्धनाथ आधारभुत विद्यालय लालपुरको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं वडा नं. ७ का वडा अध्यक्ष कर्ण बहादुर धामिको अध्यक्षता मा सम्पन्न भएको थियो भने वडा नं. ८ को सरस्वती आधारभुत विद्यालय गुप्तिगडाको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर बहादुर बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तत्कालका लागी अमरगढी र परशुरामका विद्यालयहरुमा वितरण गरिने कार्यक्रम रहेकोमा केहि विद्यालयमा वितरण भईसकेको र केही विद्यालयहरुमा निकट भविश्यमै वितरण गरिने ग्रामिण महिला विकास तथा एकता केन्द्रका कार्यकारी निर्देशक अमर बहादुर साँउदले बताउनु भयो ।

You might also like