डडेल्धुरामा अग्नि नियन्त्रक तालिम सुरु

२९ माघ

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.५ र ७ लाई लक्षित गरि अग्नी नियन्त्रण सम्बन्धि दुई दिने तालिम कार्यक्रम आज बाट सुरु भएको छ ।

यु.एन.डि.पी.को प्राविधिक सहयोगमा स्थानिय साझेदार ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा द्धारा संञ्चालन भईरहेको सुपर परियोजना अन्तर्गत उक्त तालिम कार्यक्रम सुरु गरिएको हो ।

परियोजना लागु भईरहेको अमरगढी नगरपालिका वडा नं.५ र ७ का करिव १४५ जना लाई अग्नि नियन्त्रण सम्बन्धि तालिम दिई स्थानिय स्तरमा अग्नी नियन्त्रक तयार गर्ने उद्देश्य अनुरुप उक्त तालिम कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

तिन चरणमा सम्पन्न हुने तालिम कार्यक्रम को पहिलो चरणमा अमरगढी नगरपालिका वडा नं.५ का गृहिणी, युवा, विद्यार्थि तथा स्थानिय क्लवका प्रतिनिधि गरि जम्मा ४५ जनाको सहभागीता रहेको छ । उक्त अग्नी नियन्त्रण सम्बन्धि तालिम कार्यक्रम लाई भरतपुर उप महानगरपालिका चितवनका दमकल शाखा प्रमुख राजेन्द्र रेग्मीले सहजिकरण गरिरहनु भएको छ । डडेल्धुरा सदरमुकाम र बजार क्षेत्र रहेको अमरगढी नगरपालिका वडा नं.५ र ७ का स्थानिय लाई अग्नि नियन्त्रण सम्बन्धि तालिम दिई भविश्यमा हुन सक्ने आगलागीको घटना बाट हुन सक्ने जोखिम न्यूनिकरणका लागी तालिम कार्यक्रम आयोजना गरिएको आयोजक ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमर वहादुर साँउदले बताउनु भयो

You might also like