२८ माघ
डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष कप खुला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको छ। आज भएको फाइनल खेलमा वडा नम्बर ८ लाई ३–१ को सोझो सेटले हराउँदै वडा नम्बर ५ ले पुरुषतर्फको उपाधि उचालेको हो।
आलिताल गाउँपालिकाको प्राङ्गण भीमदत्तपुरमा भएको खेलमा पहिलो, दोस्रो र चौथो सेट आफ्नो पक्षमा पर्दै वडा नम्बर ५ उपाधि हात पार्न सफल भएको हो ।भने वडा नम्बर ८ को टिमले दोसोमै चित्त बुझाएको छ।
उपाधिसँगै वडा नम्बर ५ ले ट्रफीसहित ६० हजार रुयैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पनि पाएको छ । दोस्रो भएको वडा नम्बर ५ ले ५० हजारमै चित्त बुझाएको छ। वडा नम्बर ६ लाई हराउँदै वडा नम्बर ७ तेस्रो भयो। उसले ४० हजार रुयैयाँ पाएको छ।
महिलातर्फको उपाधि दुर्गा माविले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक आलिताल गाउँपालिकाको टिमलाई ३–२ को सेटले हराउँदै दुर्गा मावि आलिताल–८ डोलाले महिलातर्फको उपाधि उचालेको हो।
गाउँपालिकाको प्राङ्गणमा भएको खेलमा पहिलो, तेस्रो र पाँचौं सेट आफ्नो पक्षमा पर्दै दुर्गा मावि उपाधि जित्न सफल भयो। आयोजक आलिताल गाउँपालिका भने उपविजेतामै सीमित बन्यो। उपाधिसँगै दुर्गा माविले ट्रफीसहित ६० हजार रुयैयाँ पुरस्कार र प्रमाणपत्र पनि पाएको छ।
आयोजकले भने ५० हजारमै चित्त बुझाएको छ। महिलातर्फको भलिबल प्रतियोगितामा महादेव मावि आलिताल–७ खिन्नेभाडी तेस्रो भयो। शुक्रबार वडा नम्बर ३ लाई हराउँदै महादेव मावि तेस्रो भएको हो। उसले ४० हजार रुयैयाँ हात पारेको छ। आलिताल गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो।