उणिकोट मावि आलितालको ६३ औं वार्षिकोत्सव मनाईदै

पदम जोरा, २७ माघ, डडेल्धुरा

डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. २ स्थित उणिकोट माबिको ६३ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह उद्घाटन भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमोद मल्लको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत बडायर (जोशी) को प्रमुख आतिथ्यतामा समारोह उदघाटन भएको हो ।
६३ औं वार्षिकोत्सव समारोहको विशिष्ट अितिथिमा नेपाल निर्माण ब्यबसायी महा सँघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेटी रहनु भएका थियो ।
विद्यालयसेवा क्षेत्रभित्रका अभिवाबक, शिक्षाप्रेमी, शिक्षक, बिद्यार्थी , राजनैतिककर्मी र जनप्रतिनिधीहरुको उपस्थिीतीमा बार्षिकोत्सव समारोह सब्य र भव्य कार्यक्रमका साथ उदघाटन भएको हो ।
२०१६ सालमा बिधिवत रुपमा पुर्व प्राबि तहको पठन–पाठन सुरु गरि स्थापना भएको उक्त विद्यालयमा शैक्षिक सत्र २०७९ वाट कक्षा ११ , १२ पठन–पाठन सुरु भएको विद्यालयका प्रधानाध्यापक मदन सिह साउँदले जानकारी दिए ।

वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक मदनसिह साउँदले प्रस्तुत गर्नु भएको थियो ।
आलितालको दुर्गम वस्तीमा रहेको उणिकोट माबिमा आफ्ना नानि वावुहरुले कक्षा ११ र १२ सम्म अध्ययन गर्न पाउने र विगतमा वाह्य जिल्ला तथा डडेल्धुरा पठाउनु पर्ने वाध्यता टरेको खुसी अभिवाबकमा थियो ।
पहिलो पटक कक्षा ११ ,१२ गाउँकै उणिकोट माबिमा सञ्चालन भएको खुसीमा स्वर्फुत रुपमा अभिबाबकहरुले गक्ष अनुसारको चन्दा सहयोग समेत गर्न जनाएका छन ।
विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु र छिमेकी विद्यालयका शिक्षक हरुले पनि क्रमः ५१ हजार ३१ हजार २१ हजार ११ हजार र अभिवाबकहरुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाएकाछन ।
उणिकोट माबि वाट शिक्षा आर्जन गरि आफु अहिले निर्माण व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष सम्मको महत्वपुर्ण जिम्मेवारीमा पुगेको भन्दै वडा नं. २ को सेटी गाउँ जन्म घर भई हाल कैलाली लाई कर्मथलो वनाई रहनु भएका निर्माण व्यवसायी प्रकास सेटीले उक्त विद्यालयको सर्वपक्षिय बिकासका लागि आफ्ना स्व.पिता मदन सिह सेटीको नामवाट १५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेको विव्यस अध्यक्ष प्रमोद मल्लले वताए ।
स्व.मदन सिह सेटी अक्षयकोषको वार्षिक व्याजवाट विद्यालयले कार्यबिधि निर्माण गरि जेहेन्दार,गरिब,टुहुरा वालवालिकालाई छात्रबृति स्वरुप प्रदान गर्न गराउन समेत निर्माण व्यवसायी सेटीले आग्रह गर्नु भएको छ ।
विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिवाबक दिवसको अबसर सोही विद्यालयवाट क,ख,रा सिकेको र आफ्नो पुर्खाको थलो समेत सोही वडाको धातणी, चाई समेतका बिभिन्न ठाउमा रहेको र हाल जोगबुडा कर्मथलो वनाई रहनु भएका निर्माण व्यवसायी तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीका वुवा चन्द्रकान्त वडायर (जोशी) ले उणिकोट माबिको सर्वपक्षिय विकासका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गर्नु भएको विद्यालयका प्रधानाध्यापक साउँदले जानकारी दिए ।
विद्यालयको स्थापना दिवस माघ २९ गते सम्म निरन्तर विद्यालयका अतिरिक्त क्रियाकलाप, अन्तरसदनात्मक खेलकुद, सास्कृतिक , सम्मान तथा पुरुस्कार वितरण कार्यक्रम गरि मनाईने भएको छ ।

You might also like