अनलाईन स्क्याम सम्बन्धि सचेनात्मक कार्यक्रम सम्पन्न

२६ माघ
नेपाल विद्यार्थि संघ डडेल्धुराको आयोजनामा अनलाईन स्क्याम सम्बन्धि सचेतनात्मक कार्यक्रम आज डडेल्धुरामा सम्पन्न भएको छ । डडेल्धुरा बहुमुखि क्याम्पस डडेल्धुरामा सम्पन्न भएको उक्त कार्यक्रम नेपाल विद्यार्थि संघ डडेल्धुराका अध्यक्ष पवन ऐरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
डडेल्धुरा बहुमुखी क्याम्पसका करिव १०० विद्यार्थिहरु सहभागी उक्त कार्यक्रममा पछिल्लो समयमा अनलाईनको दुरुपयोगका घटनाहरु लाई न्युनिकरण गर्न तथा सामाजिक संञ्जालहरुको सहि सदुपयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नेपालको विद्यमान कानुनमा साईवर क्राईमको बारेमा भएका प्रावधानहरुको बारेमा छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा वित्तिय साक्षरताका विषयमा छलफल गर्न ग्लोवल आईएमई बैँक डडेल्धुरा शाखाका शाखा प्रवन्धक प्रकाश भट्ट सहभागी हुनुहुन्थ्यो भने शान्ति शुरक्षाका बिषयमा छलफल गर्न नेपाल प्रहरीको तर्फ बाट प्रतिनिधिको उपस्थिती रहेको थियो ।
डडेल्धुरा जिल्ला नवदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थिको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै नेपाल विद्यार्थि संघ डडेल्धुरा अध्यक्ष पवन ऐर ले अवका विद्यार्थि संगठनहरु पहिले जस्तो वा पुरानै ढर्रामा चल्दैन र चल्न दिईने छैन भन्दै अवको विद्यार्थि संगठनहरु समाज रुपान्तरणका लागी अगाढी बढ्नु पर्ने बताउदै आफु आफ्नो तर्फ बाट प्रतिवद्ध रहेको बताए ।
केहि दिन पहिले मात्र डडेल्धुरा सदरमुकाम स्थित भिमदत्त बहुमुखी क्याम्पसमा पनि यस्तै कार्यक्रम समपन्न भएको थियो भने निकट भविश्यमा लागु औषध विरुद्धको अभियान संञ्चालन गरिने नेपाल विद्यार्थि संघ जिल्ला अध्यक्ष पवन ऐरले बताए ।

You might also like