आलितालका भुमिहिन सुकुम्वासी लाई लालपुर्जा वितरण

२५ माघ

डडेल्धुराको आलिताल गाँउपालिका वडा नंं.८ का २१ परिवार भुमिहिन सुकुम्वासीहरु लाई एक कार्यक्रमका विच जग्गाधनि प्रमाण पत्र (लालपुर्जा)वितरण गरियो । आलिताल गाँउपालिका वडा नं.८ को कार्यालयमा आयोजित लालपुर्जा वितरण कार्यक्रममा वडा नं.८ का दलित भुमिहिन सुकुम्वासि २१ परिवार लाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।

वडा नं.८ का अध्यक्ष धन बहादुर देउवाको अध्यक्षता सम्पन्न भएको जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) हस्तान्तरण कार्यक्रममा गाँउपालिका अध्यक्ष शेर सिँ पार्कि, गाँउपालिका उपाध्यक्ष मैना कुमारी बोहरा रावल, गाँउपालिका पुर्व उपाध्यक्ष जला विष्ट बोगटी, जिल्ला मालपोत कार्यालय प्रमुख, नापी कार्यालय डडेल्धुराका प्रमुख लगायतका उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय भुमि आयोग डडेल्धुराका अध्यक्ष शेर बहादुर भण्डारी , विज्ञ सदश्यहरु ओम प्रकास साउद, लक्ष्मिकान्त पनेरु तथा मन्जु धामीको उपस्थिती रहेको थियो । आलिताल गाँउपालिकाका अव्यवस्थित, भुमिहिन, सुकुम्वासि रहेको करिव २००० घरधुरी लाई जग्गाधनी पुर्जा दिने कार्यक्रम रहेकोमा कार्यक्रमको सुरुवातमा आज आलिताल गाँउपालिकाको वडा नं.८ मा २१ परिवार भुमिहिन दलित सुकुम्वासि परिवार लाई जग्गाधनी पुर्जा दिईएकोमा केहि दिन भित्र वडा नं.४ र ५ मा जग्गाधनि प्रमाण पत्र वितरण हुने कार्यक्रम रहेको आलिताल गाँउपालिका का अध्यक्ष शेर सिँ पार्कि ले वताउनु भयो ।
राष्ट्रिय भुमि आयोग ले देशभरका भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवास हरु लाई व्यवस्थित गर्नको लागी जमिनको नापजोख गरि प्रमाणीकरण गरि जग्गाधनि प्रमाण पत्र (लालपुर्जा) वितरण गर्ने कार्यक्रम अनुरुप डडेल्धुरामा पहिलो पटक आलिताल बाट लालपुर्जा वितरणको काम सुरु गरेको आलिताल गाँउपालिका वडा नं.८ का अध्यक्ष धन बहादुर देउवाले बताउनु भयो ।

You might also like