सामुहिक रुपमा अचार उत्पादन गर्दै महिला उद्यमी संघ डडेल्धुरा

२३ माघ

विभिन्न व्यवसाय संञ्चालन गरिरहेका महिला उद्यमि आवद्ध  महिला उद्यमी संघ डडेल्धुराले सामुहिक रुपमा अचार उत्पादन थालेका छन् । आधिकारिक रुपमा २०७३ सालमा गठन भएको महिला उद्यमि संघ डडेल्धुरा का ३६ जना सदश्यहरु अतिरिक्त आर्थिक क्रियाकलाप अन्तर्गत व्यवसायिक अचार उत्पादनमा लागेका हुन ।

जिल्ला भित्र रहेको महिला उद्यमिहरु लाई एकिकृत गर्ने, संगठित गर्ने तथा उनिहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ गठन भएको महिला उद्यमि संघ डडेल्धुराले सके सम्म महिलाहरु लाई आधिकारिक   रुपमा व्यसायमा आउन उत्प्रेरणा दिने र महिला उद्यमिहरुको क्षमता अभिबृद्धिका तालिमहरु संञ्चालन गरिरहेकोमा नयाँ कामको रुपमा अचार उत्पादन सुरु गरेका हुन ।

संघका अनुसार व्यवसायमा आउन चाहने महिलाहरु लाई संघको तर्फ बाट सहयोग गरिने तथा आफनो संघ भित्रका सदश्यहरुमा अचार बनाउने, सिलाईकटाई, हाते होजियारी, ब्युटिपार्लर, पोतेमाला बनाउन सिकाउने दक्ष प्रशिक्षकहरु पनि भएकोले विभिन्न निकायहरुको सहयोग भएमा त्यस्ता तालिमको आयोजना गरि महिलाहरु लाई व्यवसायीक बनाउन सकिने बताएका छन् ।

महिला उद्यमी संघ बाट तयार गरिएको अचारमा विसुद्ध अर्गानिक तथा घरमै तयार गरिएको मसलाहरु प्रयोग गरिएको कारण स्वास्थ्यको लागी उत्तम रहेको बताउदै हाल परिक्षणको रुपमा डडेल्धुरा जिल्ला भित्र विक्रिको तयारी गरिएको र निकट भविश्यमै बजारको माग अनुसार जिल्ला बाहिर पनि बजार बिस्तार गर्न सकिने संघका उपाध्यक्ष सिता खड्काले बताउनु भयो ।

संघ द्धारा उत्पादित अचारहरुको पहिलो विक्रि यहि फाल्गुण ४ गते देखी १४ गते सम्म डडेल्धुरामा संञ्चालन हुन गईरहेको पाँचौ डडेल्धुरा महोत्सव बाट सुरु हुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.