२३ माघ
डोटि जिल्ला जोरायल गााउपालिका वडा नं.५ का २४ वर्षिय नरेश बहादुर देउवाको उपचारमा सहयोगको लागी नरेश देउवा बचाउ अभियान सुरु गरि सहयोगको लागी अपिल गरिएको छ । अािर्थक अवस्था निकै कमजोर भएका देउवाको वुवा पनि दम तथा मृगौलाका अन्तिम अवस्थाका विरामी हुन भने केही बर्ष पहिले देखी नरेश देउवा लाई मुटुको समस्या देखिएको उनले बताए । आफु परिवारको जेठो छोरो र भाईहरु रोजगारी खोज्दै भारत तर्फ गएको र परिवारका लागी आफुले केही गर्नुपर्नेमा आफै मुटुको रोगले गाजिए पछि धेरै गर्न चाहना हुदा पनि केही गर्न नसकेकोले आफु परिवारको लागी बाच्नु पर्ने, आफनो दुई बर्षको छोरकिो लागी भए पनि बाच्नु पर्ने भन्दै सहयोगका लागी आग्रह गरे ।
काठमाण्डौ बाँसवारी स्थित शहिद गंगालाल अस्पतालमा यहि फाल्गुन २६ गते शल्यक्रियाको लागी मिति फिक्स गरिएको उनका सहयोगी दिपक देउवाले वताउनु भएको छ । मुटुको भल्वमा समस्या देखिएको नरेशको कम्तिमा पनि ३ वटा भल्व बदल्नु पर्ने र जसका लागी करिव ४ लाख ५० हजार जति आवश्यक भएको बताईएको छ ।
साईकल यात्री तथा सामाजिक अभियन्ता भरत विक्रम शाहले सामाजिक संञ्जाल बाट सहयोगको लागी अपिल गर्नु भएको छ । सहयोगको अपिल गरेको एक दिनमा करिव १ लाख सहयोग जम्मा भईसकेको बताउदै हामी सबैको सानो सानो सहयोगले नरेश भाईको जिवन बाचिरहेको छ भने किन सहयोग नगर्ने ? अभियन्ता शाहले केहि दिन पहिले राम बहादुर खडायत बचाउ अभियान बाट संकलन भएको सहयोग बाट राम बहादुर खडायत काठमाण्डौ मा उपचार गराईरहेका छन् ।
सहयोगको लागि नरेश देउबाको खाता नम्बर
Naresh Deuba
a/c 0827101798331011
Agricultural Development Bank Ltd.
Jorayal Branch, Doti
9848774343
सहयोगको अपिलको लागी अभियन्ता भरत विक्रम शाहले तयार गर्नुभएको भिडियो