डडेल्धुरा हार्डवेयर व्यवसायीको बैठक सम्पन्नः विना ग्यारेन्टी उधारो दिन नसकिने


२१ माघ
पछिल्लो समय देश व्यापी रुपमा चलिरहेको आर्थिक तरलता र कारोवारका विषयमा छलफल गर्न डडेल्धुरा हार्डवेयर व्यवसायी संघ डडेल्धुराको बैठक बसि विभिन्न निर्णयहरु पारित गरेको छ ।
देशको वित्तिय क्षेत्रको हालको अवस्था र डडेल्धुराका हार्डवेयर व्यवसायिहरुको अवस्थाको बारेमा छलफल गर्दै आजको बैठक ले विभिन्न निर्णयहरु संगै अव उप्रान्त विना बैँक ग्यारेन्टी उधारो कारोवार गर्न नसकिने निर्णय पारित गरेको छ ।
डडेल्धुराका हार्डवेयर व्यवसायीहरुको करिव २० करोड बरावरको उधारो बजार बाट उठाउनुपर्ने बाँकि रहेको र पछिल्लो समयमा देशमा देखिएको आर्थिक तरलताले डडेल्धुराका हार्डवेयर व्यवसायीहरु अफ्ठेरो अवस्थामा रहेको संघका अध्यक्ष लालमणी पन्तले बताउनु भयो ।
साथै आज सम्पन्न बैठक बाट सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अमरगढी नगरपालिका वडा नं.१ डोला घर भै चितवनमा मोटरसाईकल दुर्घटनामा परेका नरेन्द्र बहादुर ऐर लाई रु १००००। र घाँस काट्ने क्रममा घाईते भएका अमरगढी नगरपालिका वडा नं.१ दगलाखेतका पदम बहादुए ऐर लाई रु १००००। नगद सहयोग गर्ने निर्णय पारित गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.