शिवशिखर डडेल्धुराको पत्रकार सम्मेलनः ढुक्क संग कारोवार गर्नुहोस हल्लाको पछाडी नलाग्नुहोस

१९ माघ
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डडेल्धुरा शाखाले आज एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्ना सदस्यहरूलाई निर्धक्कसँग कारोबार गर्न आग्रह गरेको छ ।
आज जिल्ला सदरमुकाममा एक पत्रकार सम्मेलन गर्दै पछिल्लो समय संस्थाका बारेमा सामाजिक सञ्जालमा विभिन्न खालका टीकाटिप्पणी र अनर्गल प्रचार भइरहेको भन्दै त्यस्ता कुरामा विश्वास नगर्न आग्रह गरेको हो।
बजारमा पछिल्लो समयमा भईरहेको अनर्गल प्रचार तथा हाल शिवशिखर डडेल्धुराको अवस्थाको बारेमा संस्थाका शाखा प्रवन्धक डम्बर पनेरुले स्पष्ट पार्नु भएको थियो । पनेरुका अनुसार बजारमा चलेको अफवाह जस्तो संस्थामा त्यस्तो किसिमको कुनै पनि अवस्था नरहेको पनि जानकारी दिए।
शाखा प्रवन्धक पनेरुले आफुहरु आफनो संस्थाको बारेमा ढुक्क भएको र बजारमा आएको हल्ला जस्तो अवस्था आए संस्थाको विरुद्धमा डडेल्धुराको सदश्यहरुको न्यायको लागी संघर्ष समिति गठन गरि त्यसको नेतृत्व आफैले लिने बताउदै पछिल्लो समय देशमा भएको आर्थिक तरलताले शिवशिखर मात्र नभएर धेरै वित्तिय संस्थामा समस्या आए पनि विस्तारै सहज हुदै जाने विश्वास रहेको बताउनु भयो ।

You might also like