डडेल्धुरामा नयाँ प्रमुख जिल्ला अधिकारीको स्वागत

१९ माघ
गृह मन्त्रालय बाट सरुवा भई डडेल्धुरा आउनु भएका प्रमुख जिल्ला अधिकारी विश्व राज न्यौपाने लाई डडेल्धुरामा स्वागत गरिएको छ । गृह मन्त्रालय बाट सरुवा भई गत सोमबार मात्र डडेल्धुरा पुग्नु भएका प्रमुख जिल्ला अधिकारि न्यौपाने लाई डडेल्धुरामा कर्मचारी मिलन केन्द्र, जिल्ला समन्वय समिति, डडेल्धुरा उद्योग बाणिज्य संघ लगायत विभिन्न निकायले डडेल्धुरा जिल्लामा स्वागत गरेको छ ।
स्वागत कै क्रममा डडेल्धुरा स्थित क्रियाशिल पत्रकार र प्रमुख जिल्ला अधिकारी विच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । परिचयात्मक कार्यक्रमको क्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेले आफनो पहिलो प्राथमिकता यहाँको सेवा प्रवाहलाई चुस्त बनाउने हो भन्नु भयो यस गरी यहाँ भइरहेका विकास निर्माणका कार्यमा समन्वय सहजीकरण गर्ने बताए। यसका साथै उनले समयमै गुणस्तरीय काम सम्पन्न गर्नका लागि पहल थाल्ने बताए। भ्रष्टाचारमा शून्य सहनशीलता र जिल्लाको सुशासनका पक्षमा पनि आफूले काम गर्ने उनले प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले प्रजिअ न्यौपानलाई सूचनामैत्री भईदिन आग्रह गरेका थिए। उनले आफू र जिल्लास्थित कार्यालयका सूचना अधिकारीलाई सूचनामैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। डडेल्धुराका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको सरुवा भएपछि गृह मन्त्रालयबाट न्यौपाने यहाँ आएका हुन्।

You might also like
Leave A Reply

Your email address will not be published.