डडेल्धुरामा शिवरात्री तथा सेना दिवस विभिन्न कार्यक्रम सहित मनाईदै

१८ माघ

डडेल्धुरामा यस बर्षको महाशिवरात्री तथा नेपाली सेना दिवस विभिन्न कार्यक्रमका साथ मनाईने भएको छ । एक कार्यक्रमका विच महाशिवरात्रि तथा सेना दिवश २०७९ को अवसर मा आयोजना हुन लागेको दोश्रो अमरगढी हाफ म्याराथुन दौड प्रतियोगिता तथा अन्य कार्यक्रमको बारेमा पत्रकार सम्मलेन मार्फत जानकारि गराईएको हो ।

श्री रण बम गण डडेल्धुराको आयोजना तथा अमरगढी नगरपालिका, अमरगढी किल्ला विकास समिति, जिल्ला खेलकुद विकास समितको सहकार्यमा आयोजना हुन लागेको शिवरात्री २०७९ तथा सेना दिवस कार्यक्रमको बारेमा  पत्रकार सम्मेलन मार्फत जानकारि दिईएको हो ।

यस बर्ष महाशिवरात्रि तथा २६० औँ सेना दिवसको अवसर पारेर डडेल्धुरा सदरमुकाममा २१ किलोमिटरको हाफ म्याराथुन तथा ८ किमिको वाल्कथान हुने आयोजक रणबम गणले बताएका छन ।

आयोजक का अनुसार नागरिक तथा शैनिक बिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य अनुरुप “अमरगढी किल्ला  संरक्षण र सम्बद्र्धन” को मुल नाराका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । ।

आयोजक रणबम गण का गणपती प्रमुख सेनानी बालमुकन्द थापाका अनुसार प्रतियोगितामा विभिन्न विद्यामा ३०० जनाको सहभागिता हुने अपेक्षा राखिएको छ ।

नेपाली सेना द्धारा डडेल्धुरामा रहेको अमरगढी किल्लाको पर्यटन प्रवद्र्धन, स्थानिय जनता संग समन्वय बिस्तारको लागी यो कार्यक्रमको दोश्रो संस्करण आयोजना गर्न लागिएको हो ।

गत बर्ष पहिलो संस्करण आयोजना गरेको नेपाली सेनाले कोविडको कारण उल्लेखनिय सहभागीता गराउन नसके पनि यस बर्ष उल्लेखनिय सहाभागिता हुने विश्वास गरेको छ ।

कार्यक्रममा सहभागी हुन ईच्छुक सहभागिहरुले यहि माघ २० देखी २९ गते कार्यालय समय भित्र नेपाली सेनाको गण  दह व्यारेक डडेल्धुरा र जिल्ला प्रहरी कार्यालयको प्रांगणमा स्थापना हुने डेस्कमा आफ्नो नाम दर्ता गर्नुपर्ने आयोजक रणबम गण ले बताएको छ । 

You might also like
Leave A Reply

Your email address will not be published.