![](https://jhilkonews.com/wp-content/uploads/2023/02/maxresdefault-8-1024x576.jpg)
१८ माघ
पछिल्लो समय नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । आधुनिक प्रविधिको प्रयोग तथा थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार ।
सिंगो संसार मा मेचु धिमालले स्वर दिनु भएको छ । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुल्नु भएको वहाले यसमा मीठो भाका हाल्नु भएको छ । मेचुलाई स्वरमा साहिल लिम्बुले साथ दिनु भएको छ । उनी पनि भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक हुन् ।
गीतमा गायिका मेचु धिमालको शब्द तथा संगीतको हो । किरण राईको छायाँकन तथा सम्पादन तथा मेचु धिमालको निर्देशन भिडियोमा रहेको छ । ‘सिङ्गो संसार’ गीतमा मेचु र साहिलको अभिनय समेत देख्न सकिन्छ । गीतमा मायामा रहेका प्रेमील जोडिको रचनात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।
‘सिङ्गो संसार’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।