पहाडी जिल्लामा भरपर्दो बन्दै आँखा उपचार केन्द्र डडेल्धुरा

१८ माघ

डडेल्धुरा सदरमुकाममा रहेको आँखा उपचार केन्द्र डडेल्धुराले पछिल्लो समय पहाडि जिल्लामा प्रभावकारी सेवा प्रदान गरिरहेको छ ।

नेपाल नेत्र ज्योती संघ, गेटा आँखा अस्पताल कैलाली अन्तर्गत २०६३ सालमा स्थापना भएको आँखा उपचार केन्द्र डडेल्धुरामा पछिल्लो समय थप सेवा सहित विशेषज्ञ चिकित्सकहरु उपलब्ध भए पछि आँखाका विरामीहरुको चहलपहल हुन लागेको हो ।

मोतिविन्दु तथा जलविन्दुको शल्यक्रिया, आखाँको नानीको उपचार, शल्यक्रिया तथा प्रत्यारोपण, प्रयोगशाला, आकस्किम सेवा जस्ता १३ किसिमको सेवा प्रदान गरिरहेको आँखा उपचार केन्द्रमा आँखाको सामान्य चेकजाँच देखी शल्यक्रिया गर्नेहरुको भिड लागिरहेको छ ।

पहाडि जिल्ला बाट आँखा उपचारका लागी धनगढीको गेटा आँखा अस्पताल जादा एका तिर आर्थिकरुपमा भार पर्ने र अर्काे तिर समयको नोक्सान हुने गरेकोमा डडेल्धुरामा नै नियमित चेकजाँच तथा शल्यक्रिया सुविधा नियमित हुदा खुसी लागेको स्थानिय बताउछन ।

आँखा उपचार केन्द्रमा दैनिक ५० देखी ५५ जना आँखाका बिरामीहरु आँखा उपचारका लागी आउने गरेको उपचार केन्द्रले बतायो । २०७९ मंसिर महिना देखी नेत्र रोग विशेषज्ञ डा. मुकेश पाण्डेयले आँखाको उपचार तथा शल्यक्रिया थाले पछी मंसिर महिना देखी यता मात्र सामान्य तथा जटिल गरेर करिव १७३ जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको केन्द्रले जनायो ।

केन्द्रमा प्रायः उमेर पुगेका विरामीहरुमा मोति विन्दु, जलविन्दु को समस्या देखिएको तथा कम उमेरका बिरामीहरुमा दृष्टिको समस्या देखिने गररेकोमा अधिकांसको केन्द्रमा नै उपचार गरिएको र केहीलाई मात्र अन्यत्र रिफर गर्नु परेको केन्द्रका नेत्र रोग विशेषज्ञ डा. मुकेश पाण्डेय ले बताउनु भयो ।

You might also like