निर्जिवन विमा कम्पनी र सुपर परियोजना विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

१७ माघ
डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकामा संञ्चालन भई रहेको शहरि विपद तथा भुकम्पिय पूर्व तयारी परियोजना (सुपर परियोजना) र डडेल्धुरा स्थित निर्जिवन विमा कम्पनि विच आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अमरगढी नगरपालिकाको वडा नं.५ र ७ मा संञ्चालन भईरहेको सुपर परियोजना अन्तर्गत भुकम्पिय जोखिममा रहेका घरहरु लाई पुर्व तयारी गराउने उद्देश्य अनुरुप दुई वटा वडाका भुकम्पको जोखिममा रहेको घरहरु लाई निर्जिवन विमा गराउनको लागी प्रोत्साहित गर्ने परियोजनाको उद्देश्य अनुरुप पहिलो चरणमा निर्जिवन विमा कम्पनी र सुपर परियोजना विच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा निर्जिवन विमा कम्पनिका प्रतिनिधिहरुले पछिल्लो समयमा व्यवसायिक घराना तथा प्रतिस्ठानहरुले घरको निर्जिवन विमा गर्ने गरेको भए पनि व्यक्तिगत घरको विमा गर्ने प्रचलन डडेल्धुरामा खासै नभएकोले परियोजनाको पहलको लागी धन्यवाद व्यक्त गर्नु भएको थियो ।
निर्जिवन विमा कम्पनिका प्रतिनिधिहरुले निर्जिवन विमा अन्तर्गत व्यवसायिक तथा आवासिय घर हरु लाई दुई वटा बर्गमा विभाजन गरि घरहरुको निर्जिवन विमा गरिने साथै आवासिय घरहरु लाई पनि विभिन्न ३ वटा बर्गमा विभाजन गरि विमा गरिने र विमाको प्रक्रिया के के हुने भन्ने विषयमा जानकारि गराएका थिए ।
सुपर परियोजनाको तर्फ बाट सम्भाव्यता अध्ययन गरि सम्भवतः नमुनाका लागी अमरगढी नगरपालिकाका केही घरहरु लाई निर्जिवन विमा गर्नको लागी सहयोग गर्ने योजना रहेको परियोजनाको तर्फ बाट युएन.डि.पी.नेपालका प्रतिनिधि मदन आचार्यले बताउनु भयो ।
यि कार्यहरु लाई स्थानिय तह तथा सम्बन्धि घरधनिहरु मार्फत लागु गर्नको लागी नितिगत पैरवि गर्ने कुरा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक का कार्यकारि र्निर्देशक अमर वहादुर साउद ले बताउनु भयो ।

You might also like