
डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकाका सबै वडाहरु आफनै भवनमा सार्ने तयारी भईरहेको छ ।
संघियता पश्चात स्थापना भएका ७५३ वटा स्थानियतहका कार्यालयहरु क्रमसः व्यवस्थित भई संञ्चालनमा आउन थाले पनि वडा कार्यालयहरु भने अझै व्यवस्थित बन्ने क्रममा नै रहेको छ । यसै क्रममा डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकाका सबै वडा हरु आफनै भवनमा सर्ने तयारीमा छन् । जम्मा ८ वटा वडा रहेको आलिताल गाँउपालिकामा ४ वटा वडा कार्यालयहरु आफ्नो नव निर्मित भवन बाट सेवा प्रवाह गरिरहेका छन् भने वडा नं.२ ले आफनै पुरानो तर पक्कि भवन बाट सेवा प्रवाह गरिरहेका छन् ।
वडा नं. ५ को वडा कार्यालय भवन निर्माणको लागी आलिताल गाँउपालिका बाट भर्खर मात्र टेन्डर आह्वान गरिएको छ भने यसै बर्ष भित्र भवन निर्माण सम्पन्न हुने गाँउपालिका ले बताएको छ । वडा नं.६ र ७ को कार्यालय हाल भाडाको घरमा रहेकोमा जग्गा प्राप्तिको प्रकृया सकिएकाले चाडै उक्त वडाहरुको कार्यालय भवन निर्माणका लागी टेन्डर हुन लागेको आलिताल गाँउपालिका का अध्यक्ष शेर सिंह पार्किले बताउनु भयो अध्यक्ष पार्किका अनुसार यहि आर्थिक बर्ष भित्र २ वटा वडाको भवन निर्माणका लागी टेन्डर प्रकृया सुरु हुनेछ भने लगत्तै सबै वडा कार्यलयहरु ले आफ्नै भवन बाट सेवा प्रवाह गर्नेछ ।