बर्षातको चिसो तप्का, फूल माथि भारी पर्यो ।
हिर्काईको बेग संगै, असह्य भै, थात झर्यो ।।
निर्बलको प्रतिमूर्ति, अल्झिएर आएको त्यो ।
कठै । किन रसै नदिई, संगीबाट पर तर्यो ।।
घाम संगै हास्दै झुल्थ्यो, भमरानी रमाउथ्यो ।
तर आज क्षण भरमै, कसैसंग साह्रै डर्यो ।।
ओत दिने निला डाँठ, कसो कसो लरबरीए ।
सोच्यो होला भारी मनले, आज ठूलो बोझ टर्यो ।।
भमरानी आई फक्र्यो, निरासीता मनमा बोकी ।
कमिलाले लगी हिड्यो, सझै भरी बसाई सर्यो ।।
फरुल झर्यो पात सुक्यो, एक्ला एक्लै निरिह मन ।
असहज भो भारी मन, नीठूरले सारा हर्यो ।।
जान गयो तर पनि, अवशेष बसेकै छ ।
बिचारको उच्चताले, सधै सधै मन भर्यो ।।
परशुराम, डडेल्धुरा