काग्रेस नेता तथा पूर्व गृहमन्त्रि रमेश लेखकले पार्टीलाई विभाजनको जोखिमबाट बचाउन पुसभित्रै नियमित महाधिवेशनको विकल्पसमेत अघि सारेका छन् ।

कांग्रेस नेता रमेश लेखकले पार्टी विभाजनको जोखिम बढ्ने भन्दै विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनका लागि तीन विकल्प प्रस्तुत गरेका छन्।
उनले महाधिवेशनको कार्यतालिका तोक्ने, क्रियाशील सदस्यता सकिएपछि तालिका ल्याउने वा सहमति नजुटे कार्यवाहक सभापतिलाई अधिकार दिने प्रस्ताव अघि सारेका छन्।
लेखकले संसद् पुनस्स्थापनाको विकल्पलाई पनि कांग्रेसले छोड्न नहुने धारणा राखेका छन्।