१५ माघ
सुदुरपश्चिम प्रदेश सभा सदश्य र डडेल्धुरा स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु बिच डडेल्धुरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश सभा सदश्य डा. तारा जोशीको सचिवालयले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदश्य माननिय डा. तारा प्रसाद जोशी र माननिय सरस्वती खड्का का साथै डडेल्धुरा स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र संञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।
डडेल्धुरा जिल्ला प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित डा.जोशी आफु निर्वाचित भए पश्चात डडेल्धुरा आई विभिन्न व्यक्ति र समुहहरु संग अन्तरक्रिया गरिरहेका छन् ।
आजको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयहरुको तर्फ बाट चालु आर्थिक वर्षमा संञ्चालन भैरहेको कार्यक्रमहरुको बारेमा जानकारी दिईएको थियो भने आगामी दिनका लागी प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमका अधिकांस सहभागिहरुले जिल्ला स्थित सरकारी कार्यालय विच एक आपसमा तथा स्थानिय सरकार विच प्रभावकारी समन्वयको अभाव भएको बताएका थिए ।
कार्यक्रमका सहभागीहरुले भर्खर मात्र निर्वाचित प्रदेशसभा सदश्य डा.तारा जोशीले जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुख लाई बोलाएर आयोजना गर्नु भएको यस किसिमको अन्तरक्रिया जिल्लामा पहिलो पटक देख्न पाएकोमा खुसि व्यक्त गर्दै प्रदेशमा केहि नितिगत सुधार र केहि व्यवस्थापकिय सुधार गर्नु पर्ने आवश्यक रहेको भन्दै सुझावहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तमा छलफलको क्रममा उठेका विषयहरु लाई सम्बोधनको प्रयास गर्ने प्रदेशसभा सदश्यद्धय मा.डा. तारा जोशी र मा.सरस्वति खड्काले प्रतिवद्धता व्यक्त गर्नुभयो ।