
१५ माघ
डडेल्धुराजिल्लाको अमरगढी नगरपालिका र परशुराम नगरपालीकाका २ वटा सामुदायिक बिद्यालयका छात्रछात्राहरुलाई शैक्षिक र स्वास्थ्य सामाग्री सहितको झोला वितरण गरिएको छ ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र चाईना फाउन्डेसन संगको साझेदारीमा संचालित पाण्डाप्याक परियोजना अन्तरगत अमरगढी नगरपालिका वडानं११ फिन्नेकोटको सरस्वती माध्यमिक बिद्यालयका १२७ विद्यार्थि र परशुराम नगरपालीका वडानं११को श्रीबैजनाथ माध्यमिक बिद्यालयका२५८ विद्याार्थि लाई झोला वितरण गरिएको हो । विद्यालयका वाल कक्षा देखी कक्षा८सम्मका बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई शैक्षीक तथा स्वास्थ्य सामग्रीहरु भएको स्कुल झोला एक कार्यक्रम बिच हस्तान्तरण गरीएकोहो।
सुदूरपश्चिम प्रदेशसभा सदश्य माननिय सरस्वती खड्का, अमरगढी नगरपालीका नगरप्रमुख डिल्लीराजजोशी, नगर उपप्रमुख पार्वती झुकाल र परशुराम नगरपालीका नगरप्रमुख भरत वडायर जोशी ले छुट्टा छुट्टै कार्यक्रम बिच झोला हस्तान्तरण गरेका हुन।
शिक्षाको गुणस्तर सुधार भए देशमा दक्ष जनशक्तिको उत्पादन हुन्छ र यस कार्यमा हामी सबैले जुटेर काम गर्नु पर्ने र राज्यले पनि शिक्षा क्षेत्रको सुधार लाई प्राथमिकतामा राख्नु पर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि माननिय सरस्वती खड्काले बताउनुभयो।

बिद्यालयमा अध्ययनरत वालवालीको शैक्षिक र स्वास्थ्य सुधारमा टेवा पुग्ने र सामुदायीक बिद्यालयहरुको शिक्षण सिकाई क्रियाकलापहरुमा टेवा पुगाउने उद्देश्यले यि झोलाहरु वितरणगरीएकोहो।यस कार्यलाई हामी निरन्तरता दिईराख्नेछौ भनेर चाईना फाउन्डेसनका प्रतिनिधि सुरेश प्याकुरेल ले वताउनुभयो।
यो पहिलो चरणको कार्यक्रम अन्तर्गत अमरगढीका ७ र परशुरामका ७, गरी कुल १४ वटा सामुदायीक बिद्यालयका २२८९वालवालीकाहरुलाई स्टेसनरी, स्वास्थ्य तथा शैक्षीक सामग्रीहरु सहितको स्कुलझोला वितरण गर्ने योजना रहेको कुरा रुडुक डडेल्धुरा कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो।