१५ माघ
डडेल्धुरा जिल्ला गन्यापधुरा गाँउपालिका वडा नं.३ का हर्केश बिष्टको उपचारको लागी आर्थिक सहयोगको अपिल गरिएको छ । नेपाल प्रहरीमा कार्यरत बिष्ट मोटरसाईकल दुर्घटनामा परि घाईते भएका थिए ।
चार महिना पहिले भएको दुर्घटनामा परि गम्भिर घाईते भएका हर्केश बिष्ट चार महिना देखी अचेत अवस्थामा रहेका छन् । उनको उपचारमा धेरै खर्च भईसकेकोले उनको जिवन रक्षाको लागी आर्थिक सहयोग गरिदिन उनको परिवार ले अपिल गरेका छन् ।
गन्यापधुरा गाँउपालिका वडा नं.३ को कार्यालय ले पत्र लेख्दै निजको भाई ललित बहादुर विष्टको नाममा राष्ट्रिय बाणिज्य बैँक मा रहेको खाता नं. ४०२०१०००२०७३६०१० मा आर्थिक सहयोग गरिदिन अनुरोध गरेको छ ।
घाईते विष्टको उपचारका लागी डडेल्धुरा अमरगढी नगरपालिका वडा नं.४ का युवा समाजसेवी विनय प्रकाश मल्लले जापान बाट पचास हजार आर्थिक सहयोग गरेका छन् । युवा समाजसेवी विनय प्रकास मल्लले जापान बाट बेलाबेलामा सहयोग पठाउने गरेका छन् ।