डोटीका राम बहादुर खडायतको उपचारका लागी सहयोग अभियान, काठमाण्डौमा उपचार हुदै

११ माघ

आर्थिक अभावका कारण रोग पालेर बसिरहेका डोटी जोरायल गाँउपालिका वडा नं.५ गड्सेरा , भामगाँउका राम बहादुर खडायतको उपचारको लागी थालिएको राम बहादुर खडायत बचाउ अभियानले पुर्णता पाएको छ । केही बर्ष पहिले कामको सिलसिलामा भारत रहेका राम बहादुर को दुर्घटनामा खुट्टा भाचिए पछि राम बहादुर खडायतले खुट्टाको शल्यक्रिया गराएका थिए ।
शल्यक्रिया गराएको खुट्टामा अचानक ईनफेक्सन भए पछि खडायतको स्वास्थ्यमा समस्या आएको आएको थियो । करिव दुई लाख पचास हजार उपचार खर्च लाग्न सक्ने विभिन्न स्थानका डाक्टरहरु ले बताए पनि रकमको अभावमा उपचार बाट बन्चित भएका खडायत उपचारका लागी काठमाण्डौ प्रस्थान गरेका छन् ।
फारवेस्टर्न राईडरका भरत विक्रम शाहले उपचारका लागी आवश्यक पर्ने २ लाख ५० हजार संकलन गर्न सुरु गरेको राम बहादुर खडायत बचाउ अभियान अन्तर्गत ३ दिनमा ३ लाख ३८ हजार संकलन भए पछि राम बहादुर उपचारका लागी काठमाण्डौ प्रस्थान गरेका हुन ।
सुदुरपश्चिमका चर्चित साईकल यात्री तथा पर्यटनकर्मी शाहले सामाजिक संञ्जालको माध्यम बाट सहयोग का लागी अपिल गरेका थिए ।
अभियन्ता भरत विक्रम शाह ले २ लाख पचास हजार उठाउने गरि अभियान सुरु भएकामा ३ दिनमा ३ लाख ३८ हजार संकलन भएकोमा खुसि व्यक्त गर्दै अझै पनि सकारात्मक सोच भएका धेरै साथिहरु हुनुहुदो रहेछ, जसका कारण यो अभियान सफल भएको बताए । अझै पनि फाट्टफुट्ट सहयोग आउने क्रम जारि रहेको अभियन्ता शाहले बताउदै अझै पनि सहयोग आवश्यक पर्न सक्ने हुदा सहयोगको लागी अनुरोध गर्नु भयो ।
राम बहादुर खडायत बचाउ अभियानमा सहयोग गर्न चाहनेको लागी :-
जोरायल गाउँ पालिका ५ गडसेरा,डोटि ,भामगाउँ निवासी राम बहादुर खडायत बचाउ अभियान ।
सहयोगको लागी खाता नम्बर 👇️
Sushila Oli
01110501202822 Everest bank, Attariya Branch सम्पर्क मोबाइल नम्बर 9865877508

सामाजिक अभियन्ता भरत शाहले राम बहादुर खडायत बचाउ अभियानका लागी तयार गर्नुभएको भिडयोको लिंक

You might also like
Leave A Reply

Your email address will not be published.