१० माघ
डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिको गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने व्यवसाय सचेतना, व्यवसाय सुरु, लैङ्गिक समानना तथा सामाजिक समावेशीकरण विषयक तालिम कार्यक्रम आज एक कार्यक्रमको विच समापन गरिएको छ ।
आलिताल गााउपालिका वडा नं.१ का वडा अध्यक्ष योगेन्द्र बहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको उक्त ८ दिने तालिम समापन कार्यक्रमको प्रमुख अतिथि आलिताल गाँउपालिकाका उपाध्यक्ष मैना कुमारी रावल बोहरा हुनुहुन्थ्यो भने कार्यक्रमको संञ्चालन आलिताल गाँउपालिकाका उद्यम विकास सहजकर्ता हरिकला गुरुंगले गर्नुभएको थियो ।
स्थानिय स्तरमा खेर गईरहेको कच्चापदार्थ हरुको सहि सदुपयोग गरि स्थानिय स्तरमा नै रोजगारीको श्रृजना गर्ने उद्देश्यले नेपाल सरकार , उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको सशर्त अनुदान एबं आलिताल गाँउपालिकाको आयोजनामा संञ्चालन भएको गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संञ्चालित तालिम कार्यक्रमको अधिकांस सहभागीहरुले उत्पादन गर्ने उत्पादक र बजार विचमा खेल्ने विचौलियाहरुको कारण मेहेनत गर्ने किसान तथा उत्पादकहरुले सोचे अनुरुपको फाईदा दिन नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा लगत्तै संकलन केन्द्र मार्फत त्यो समस्या समाधानका लागी पहल गर्ने कार्यक्रमका अध्यक्ष एबं आलिताल गाँउपालिका वडा नं.१ का अध्यक्ष योगेन्द्र बहादुर देउवाले बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एबं आलिताल गाँउपालिकाका उपाध्यक्ष मैना कुमारी रावल बोहराले आलिताल गाँउपालिकाले पहिले देखी नै “एक गाँउ एक उत्पादन” को अवधारणा लिएको मा भर्खर मात्र “एक वडा एक प्राविधिक” को अवधारणा बनाएकोले आगामी बर्ष देखी प्रत्येक वडामा एक जना कृषि या पशु प्राविधिकको व्यवस्था गर्न लागिएको बताउनु भयो । तालिम कार्यक्रममा १९ जना सहभागी थिए ।