१० माघ
लामो समय सम्म बर्षा नहुदा सुदरपश्चिम पहाडी जिल्लाका किसानहरु खडेरीको मर्कामा पर्ने चिन्ता बढ्न थालेको छ । सुदुरपश्चिका पहाडि जिल्लाका किसानहरु संगै डडेल्धुराका किसानहरु पनि चिन्तित बन्न थालेका छन् । खडेरीले किसानहरु ले लगाएका मुख्यवालीहरु मध्येको एक मानिने गहु वाली तथा तरकारी बालीहरु नफस्टाउने सम्भावना बढ्दो हुदा किसानहरु लाई चिन्तित बनाउन थालेको हो ।
आकासेपानीको भरमा गरिएको गहुखेती लामो समय सम्म बर्षा नहुदा उत्पादन भए पनि एकदमै न्युन हुने डडेल्धुराका किसानहरु तथा कृषि विज्ञहरु बताउछन ।
गहुवालीका साथै हिउदे नगदेवाली तोरी, चना, मसुरो तथा मटर हरुको उत्पादन पनि निकै कम हुने सम्भावना रहेको किसानहरु बताउछन । यसै गरि तरकारीवालीहरुमा पनि सोचे जस्तो उत्पादन नहुने आशंका गर्न थालिएको छ ।
मकै पछिको दोश्रो मुख्यवालीको रुपमा मानिने गहुबाली अपेक्षित रुपमा नसप्रिए खाद्यान्नको अभाव हुने देखिन्छ भने व्यवसायिक रुपमा तरकारी खेती गरेका किसानहरुको लागानी असुल नहुने सम्भावना बढिरहेको किसानहरु बताउछन् ।
कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्यांक अनुसार डडेल्धुरामा कुल ११ हजार ६ सय १६ हेक्टर खेती योग्य जमिन मध्ये जस मध्ये यस बर्ष १० हजार ६ सय ६७ हेक्टर जमिनमा खेति गरिएको छ ।यस वर्ष डडेल्धुराको ८ हजार ७ सय ५५ हेक्टरमा गहु लगाईएको छ भने १ हजार ३ सय ५ हेक्टरमा तरकारी खेती गरिएको छ त्यसै गरि बाकि जमिनमा नगदेवालीहरु लगाईएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्यांक अनुसार डडेल्धुराको कुल ५हजार ५३ हेक्टरमा सिँचाई सुविधा उपलब्ध रहेकोछ ।
अवको दुई हप्ता सम्म पनि पानि नपरेमा डडेल्धुराका किसानहरु ठुलो मार्कामा पर्ने र पानि परिहाले पनि विरुवा लाई आवश्यक परेको बेला पानि नपरेको कारण यो बर्ष गत बर्ष भन्दा कम मात्रामा अन्न, नगदेवाली तथा तरकारी उत्पादन हुने कृषि ज्ञान केन्द्र डडेल्धुराका सुचना अधिकारी गोविन्द भट्टले बताउनु भयो ।
You might also like