पन्ध्र किलो चरस सहित दुई जना पक्राउ

८ माघ
कञ्चनपुमा दुई जना लाई १५ किलो पाँच सय २० ग्राम लागु औषध चरस सहित पक्राउ गरेको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली ले गोप्य सुचनाको आधारमा बझांग केदारश्यु गाँउपालिका ७ ठेगाना भई हाल भिमदत्त नगरपालिका ३ तिलकपुर बस्ने करन धामी लाई खानतलासी गर्दा उक्त चरेस बरामद गरिएको हो ।
अनुसन्धानको क्रममा शुक्लाफाटा नगरपालिका १२ देखतभुली बस्ने महेश प्रसाद भट्टलाई समेत विक्रि वितरण गरेको बताए पछि भट्ट लाई समेत पक्राय गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक भरतराज गिरिले जानकारी दिनुभयो ।
भट्टको साथ बाट ७६ ग्राम लागु औषध चरेस भेटिएको थियो । पक्राउ परेका दुवै जनामाथी प्रहरी ले थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.