कञ्चनपुरमा चरेश सहित युवक पक्राउ

राम धामी,७ माघ
कञ्चनपुरको महेन्द्रनगरबाट साढे १५ किलो लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरिएको छ।

भीमदत्त नगरपालिका ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेशसहित बझाङको केदारस्यु गाउँपालिका ७ का ४० वर्षीय करन धामीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० चक्रबहादुर शाहले विशेष सूचनाका आधारमा सुदूरपश्चिम अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक मोहन रावल र जिप्रकाको संयुक्त प्रहरी टोलीले धामीलाई चरेशसहित पक्राउ गरिएको जानकारी दिए ।

धामीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.