पाचौँ डडेल्धुरा महोत्सवको तयारी तिव्रः संञ्चारकर्मि संग प्रारम्भिक बैठक सम्पन्न

६ माघ
डडेल्धुरा उद्योग बाणिज्य संघको आयोजनामा फाल्गुन ४ देखी १४ गते सम्म अमरगढी नगरपालिका वडा नं.४ टुडिखृलमा संञ्चालन हुन लागेको पाचौँ डडेल्धुरा महोत्सवको तयारी तिव्र गतिमा अगाडी बढेको छ ।
महोत्सवको तयारीको बारेमा जानकारी दिन आज उद्योग वाणिज्य संघको सभाकक्षमा डडेल्धुराका क्रियासिल संञ्चारकर्मिहरु संगको बैठक सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ का कार्यवाहक अध्यक्ष दिपक महता, पुर्व अध्यक्ष लोकराज भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रिय सदश्य उत्तर बिष्ट, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कोषाध्यक्ष राम धामी, नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत बहादुर सिँह लगायत उद्योग बाणिज्य संघ डडेल्धुराका पदाधिकारी र डडेल्धुराका क्रियाशिल पत्रकार हरु विच पाचौँ डडेल्धुरा महोत्सवको तयारीको बिषयमा अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो ।

करिव डेढ लाख दर्शकहरुको अपेक्षा गरिएको महोत्सबमा अनुमानित ७२ लाख खर्च हुने अनुमान गरिएको छ । यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको संघका कार्यबहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिनुभयो।

उहाले पश्चिम सेती जल विद्युत् परियोजनालगायत यस क्षेत्रका कृषि, पर्यटन, जडीबुटीलगायतका जैविक विविधतालाई उजागर गरी लगानी प्रर्वद्धन गर्ने, यहाँ कृषिबाट उत्पादित वस्तुहरूको प्रर्दशनी तथा बजारीकरणको व्यवस्था मिलाउने, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको प्राचिनता र महत्वको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न उद्देश्य पनि महोत्सवको रहेको बताउनु भयो ।
छलफलमा संञ्चारकर्मिहरुको तर्फ बाट दिइएको सुझावहरु लाई आत्मसाथ गर्दै महोत्सव लाई डडेल्धुरा उद्योग बाणिज्य संघको मात्र नभएर समग्र डडेल्धुरा बासीको महोत्सव बनाउनको लागी आयोजकको तर्फ बाट प्रतिवद्धता व्यक्त गरिएको थियो । कार्यक्रमा महोत्सवको बारेमा बिस्तृत जानकारी आगामी पत्रकार सम्मेलनमा जानकारी गराईने आयोजक ले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.