६ माघ
डडेल्धुरामा पहिलो पटक ग्लोवल आई.एम.ई. बैँक ले सन्ध्याकालीन काउन्टर संञ्चालनमा लयाएको छ । सन्ध्याकालिन काउन्टरमा नगद कारोवार मात्र हुने ग्लोवल आई.एम. ई. बैँक डडेल्धुराले जनाएको छ ।
सन्ध्याकालीन काउन्टर माघ मसान्त सम्म हरेक शुक्रबार २ः३० देखी ५ वजे सम्म र अरु दिन ४ बजे देखी ६ बजे सम्म संञ्चालन हुने तथा फाल्गुनको महिना बाट बेलुकी ७ बजे सम्म सन्ध्याकालिन काउन्टर संञ्चालन हुने बैँक का शाखा प्रवन्धक प्रकाश भट्टले बताउनु भयो ।
मुख्यतया ग्राहकहरुको सुविधा लाई ध्यानमा राखि सन्ध्याकालिन काउन्टर संञ्चालन गरिएको बताउदै यस बाट कर्मचारी, शिक्षक, विद्यार्थिहरु जो दिन भरि आफनो काममा हुन्छन उनिहरु लाभान्वित हुने र दिन भरी व्यापार गर्ने व्यापारिहरुले साँझ बैँकमा पैसा जम्मा गरेर सम्भावित जोखिम बाट बच्न सक्ने बैँकका शाखा प्रवन्धक भट्टले बताउनु भयो ।
डडेल्धुरामा रहेका १२ वटा कमर्सियल बैँकहरु मध्ये सन्याकालिन काउन्टर सुविधा दिने ग्लोवल आई.एम.ई. बैँक पहिलो बैँक हो ।