सरकारको तर्फ बाट पहिलोपटक बन्यो दुर्गम चुडिगाँउमा विद्यालय भवन

मोहन ठकुराठी, भागेश्वर
५ माघ
डडेल्धुराको दक्षिण पश्चिम भागेश्वर गाँउपालिकाको वडा नं.१ मा पर्ने दुर्गम बस्ति चुडीमा पहिलो पटक सरकारी सहयोगमा विद्यालय भवन बनेको छ ।
भागेश्वर गाँउपालिका वडा नं.१ चुडिगाँउमा रहेको नारायणी प्रा.बी. चुडीमा दुईकोठे पक्कि भवनको निर्माण भएको हो । हाल सम्म विद्यालयमा बनेका भौतिक संरचनाहरु समुदायकै श्रमदानमा तयार भएकोमा यस पटक आर्थिक वर्ष २०७८को राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा २ कोठे भवन निर्माण गरिएको हो ।
कक्षा ५ सम्म मात्र अध्यापन हुने नारायणी प्रा.बी.चुडि का विद्यार्थिहरु कक्षा ६ देखी माथि अध्ययन गर्नको लागी २ घण्टाको दुरीमा रहेको कैलपाल मा.बी.पत्रम जाने गर्दछन भने स्थानियहरु स साना बालवालिकाहरु टाढा जान समस्या भएकोले स्थानिय चुडिगाँउमै कक्षा ६ बिस्तार गर्न माग गरिरहेका छन् ।
यस दुर्गम क्षेत्रमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय भवनका लागी तत्कालीन गाँउपालिका अध्यक्ष कौशिला भट्टले पहल गरिदिनुभएकोमा धन्यवाद भन्दै हालको सरकार लाई कक्षा ६ बिस्तारका लागी अनुरोध गरिरहेको चुडीबासीहरु बताउछन ।

You might also like