“जहाज दुर्घटना” गित सार्वजनिक

५ माघ
चर्चित देउडा गायक भानुभक्त जोशी र भोज राज भट्टको सहकार्यमा जहाज दुर्घटना गित सार्वजनिक भएको छ । चर्चित देउडा गायक तथा कलाकार भानुभक्त जोशीको शब्द रचना अनि चर्चित एबं बरिष्ठ देउडा गायक भोजराज भट्टको स्वरमा जहाज दुर्घटना गित तयार भएको हो ।
देउडा ठाडी भाकामा तयार गरिएको उक्त गितमा केही दिन पहिले काठमाण्डौ बाट पोखरा तर्फ जादै गर्दा अवतरणको क्रममा भएको विमान दुर्घटनामा ज्यान गुमाएका ७२ जना यात्रु तथा विमानचालक दलका सदश्यहरुको सम्झनामा तयार गरिएको हो ।
हावामा उडेर गयो, तस्विर मात्र बाकि रहयो,जहाज भित्र काल पनि बसेको रैछ जस्ता मन छुने शव्दहरु रहेको उक्त गित लाई भुवन बडुले ऐरेन्ज गरेका हुन भने जिवन बडुले मिक्सिंग गरेका हुन विग परिवेश स्टुडियोमा रेकर्डिंग गरिएको उक्त गित लाई भोज राज भट्ट युट्युव च्यानल बाट प्रसारण गरिएको छ ।
युट्युवमा राम्रै भ्युज बढिरहेको एबं दर्शकहरुले राम्रो प्रतिक्रिया दिईरहेको कलाकार भानुभक्त जोशीले बताउनु भयो ।

https://www.youtube.com/watch?v=w-lQYKsD7GA
You might also like
Leave A Reply

Your email address will not be published.