फाल्गुन ४ बाट पाचौँ डडेल्धुरा महोत्सव हुदै

५ माघ
“कृषि, पर्यटन, उद्योग र व्यापार , समृद्ध डडेल्धुराको आधार” भन्ने मुल नाराका साथ यहि फागुन ४ गते देखी १४ गते सम्म डडेल्धुराको सदरमुकाम स्थित टुडिखेलमा सुदुरपश्चिम स्तरिय कृषि, पर्यटन, कला संस्कृति तथा औधोगिक व्यापार मेला एबं ५औँ डडेल्धुरा महोत्सव हुने भएको छ ।
डडेल्धुरामा नियमित रुपमा संञ्चालन हुने गरेको डडेल्धुरा महोत्सव कोरोना महामारिको कारण रोकिएकोमा यस बर्ष पाँचौ संस्करणको आयोजना गर्न लागिएको हो ।
महोत्सवमा जम्मा १५१ वटा स्टल रहने छन् । स्टलमा स्थानिय उत्पादन, हस्तकला, फलफुल, मसलावाली, व्यवसायिक कम्पनीका उत्पादनहरु रहने आयोजक उद्योग वाणिज्य संघ डडेल्धुरा का कार्यालय प्रमुख निरज रावलले वताए ।
महोत्सवकै अवसर पारेर जिल्ला स्तरीय खुला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिनेछ भने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु बाट सास्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
२०६५ साल देखी डडेल्धुरा महोत्सव सुरु भएको मा २०७६ मा चौथो डडेल्धुरा महोत्सवको आयोजना गरिएको थियो । पाँचौ डडेल्धुरा महोत्सवको तयारी तिव्र भईरहेकोले कार्यक्रमको बारेमा बिस्तृत जानकारी आयोजकको तर्फ बाट चाडै गराउने उद्योग बाणिज्य संघ डडेल्धुराका कार्यालय प्रमुख निरज रावलले बताउनु भयो ।

You might also like