डडेल्धुरामा सुचना अधिकारी र संञ्चारकर्मिहरु बिच बैठक सम्पन्न

४ माघ
जिल्ला स्थित सरकारी कार्यालयका सुचना अधिकारी र संञ्चारकर्मिहरु बिचको मासिक नियमित बैठक प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको अध्यक्षतामा सम्पन्न भएको छ ।
हरेक महिनाको ४ गते बस्ने बैठकमा डडेल्धुरा स्थित सरकारी कार्यालयका सुचना अधिकारी र डडेल्धुराका सक्रिय सञ्चारकर्मिहरु को उपस्थिती रहेको थियो ।
डडेल्धुरा जिल्लामा हरेक ५ गते कार्यालय प्रमुखहरुको बैठक बस्ने हुदा कार्यालय प्रमुखहरुको बैठकको पूर्व सन्ध्यामा सुचना अधिकारि र संञ्चारकर्मिहरु विच बैठक बसि सुचना तथा विविध विषयमा छलफल हुने गर्दछ ।
आज बसेको बैठकमा विभिन्न सरकारी कार्यालय बाट सुचनाहरु सरल रुपमा पाईए पनि कुनै विशेष अवस्थाको सुचना पाउन असहज भएको संञ्चारकर्मि एबं नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष राम बहादुर धामीले गुनासो गर्नु भयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी ले आजको बैठकमा उठेका कुरा एबं गुनासाहरु लाई आत्मसाथ गर्दै सम्बन्धित कार्यालयले कार्य सम्पादनमा सुधार गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका सुचना अधिकारीहरुको उपस्थिती रहने भए पनि स्थानिय तहको सुचना अधिकारीहरुको उपस्थिती नरहेको भन्दै आगामी दिनमा स्थानिय तहका सुचना अधिकारीहरु लाई उपस्थित गराउनको लागी संञ्चारकर्मिहरुको तर्फ बाट अनुरोध गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.